जाडोमा शरीरलाई तातो र ऊर्जाशील बनाउनका लागि ओखर राम्रो स्रोत हो । जाडोमा यसको सेवनले शरीरलाई फाइदा हुन्छ । यसमा जरूरी पोषक तत्त्व, मिनरलहरू, एन्टीअक्सिडेन्ट र भिटामिन हुन्छन् जसले शरीरका धेरै रोगहरू भगाउँछन् ।
दिनको एक ओखर खानुका फाइदा यस्ता छन् :
- दिनदिनै एउटा ओखर खाँदा शरीरमा ऊर्जा कायम रही कोलेस्ट्रोल पनि नियन्त्रणमा रहन्छ । यसमा भएको एन्टीअक्सिडेन्ट र ओमेगा थ्री फ्याट्टी एसिडले मुटु स्वस्थ राख्छ ।
- ओखर दिनदिनै दूधका साथ खाँदा घुँडा, जोर्नी र कम्मरको पीडा हराउँछ ।
- बच्चाहरूलाई दूधसँग एउटा ओखर खुवाउँदा दिमाग तीखो हुन्छ ।
- स्याउ, दालचिनी र ओखरको सलाद बनाएर दिनदिनै खाँदा तौल घट्छ । अनि यो खाँदा दिनभरि ऊर्जा प्राप्त हुन्छ ।
- राति सुत्नुअघि एक ओखर खाँदा राम्रो निद्रा लाग्छ । त्यसमा भएको मेलाटोनिन हर्मोनले तपाईंलाई निद्रा लगाउँछ ।
- ओखर सेवनले महिलामा मधुमेह र स्तन क्यान्सरलाई घटाउँछ ।
- यसमा भएका भिटामिन बी र एन्टीअक्सिडेन्ट गुणले छालालाई सुब्खापन र फी –याडिकलबाट बचाउँछ । छालामा डण्डीफोर र चाउरी पर्न पाउँदैन । कपाल पनि राम्रो हुन्छ ।
- दिनदिनै बिहान ओखर खाँदा मानसिक रोग उत्पन्न गर्ने हानिकारक फ्री –याडिकलहरू नष्ट हुन्छन् ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु