उचित मात्रामा, उचित समयमा खाइने खानेकुरा स्वास्थ्यका लागि लाभदायक हुन्छ । कतिपय खानेकुरा यस्ता हुन्छन्, जो भोको पेटमा वा खाली पेटमा खानु हुँदैन । अरुबेला फाइदाजनक भएपनि खाली पेटमा सेवन गर्दा त्यस्ता खानेकुराको नकारात्मक असर पर्छ । त्यसैले स्वस्थ्य जीवनशैली अपनाउन चाहनेले जान्नैपर्छ, खाली पेटमा खान नहुने खानेकुरा के–के हुन् भनेर ।
सोडा
सोडा खाली पेटमा सेवन गर्नु हुँदैन । किनभने यसमा उच्च मात्रामा कार्बोनेट एसिड हुन्छ । यदि तपाईले यसलाई खाली पेटमा पिउनु भयो भने नराम्रो असर गर्छ ।
गोलभेडा
गोलभेडा स्वादिलो हुन्छ र स्वस्थ्यकर पनि । यसलाई अचार बनाएर खान सकिन्छ, तरकारीमा मिसाउन सकिन्छ । सलादकै रुपमा पनि प्रयोग गर्दा हुन्छ । तर, गुणकारी गोलभेडा खाली पेटमा भने सेवन गर्नु हुँदैन । यसमा एसिड पाइन्छ, जसले खाली पेटमा रासायनिक क्रिया हुन्छ । यसले पेटमा अघुलनशिल जेल निर्माण गर्छ । यो जेल पेटमा स्टोन बन्ने कारण बन्न सक्छ ।
मदिरा
त्यसो त मदिराले स्वास्थ्यमा नराम्रो असर पु¥याउँछ । तर, खाली पेटमा यसको असर अझ बढी हानिकारक हुन्छ । खाली पेटमा मदिरा सेवन गर्दा त्यसको नकारात्मक प्रभाव शरीरमा पर्छ र अनेकौ रोगको जन्म दिन्छ ।
मसलेदार
कहिलेपनि खाली पेटमा मसलेदार खानेकुरा सेवन गर्नु हुँदैन । त्यस्ता खानेकुराले पाचन यन्त्रमा गंभिर असर पु¥याउन सक्छ ।
कफी
गर्मीमा भन्दा पनि जाडोमा कफीको लत बढी लाग्छ । अन्य समयमा कफी पिउनु खासै नराम्रो मानिदैन । यद्यपी खाली पेटमा भने कफी सेवन गर्नु हानिकारक हुन्छ ।
दही
दही स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छ । यसले पाचन क्रियामा पनि राम्रो असर गर्छ । तर, खाली पेटमा दही सेवन गर्दा त्यसले उल्टो असर गर्छ ।
केरा
केरा खानु राम्रो हो । तर, खाली पेटमा केरा सेवन गर्दा नराम्रो असर गर्छ । यसले शरीरमा म्यागनेशियम बढ्छ, जसले गर्दा क्याल्सियम र म्याग्नेसियको सन्तुलन बिग्रिन्छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा