फलफूल हाम्रो शरीरका लागि पौष्टिक तत्त्वका गजब स्रोत हुन् । हामीले नियमित फलफूल खाने गर्नुपर्छ । फलफूल जतिखेर खाएपनि हुन्छ भन्ने हामीलाई लाग्छ र कुसमयमा खाँदा स्वास्थ्यलाई राम्रो गर्दैन ।
बिहान खाली पेट फलफूल खाने सबभन्दा सही समय हो । शरीरलाई कुनै पनि आहारको पोषक तत्त्व पचाउनका लागि एन्जाइम बनाउने आवश्यकता हुन्छ ।
खाली पेटमा फलफूल खाँदा शरीरका एन्जाइमले फलका पोषक तत्त्व सजिलै पचाउँछन् ।
खाना खानेबित्तिकै फलफूल नखानुस् । भरिएको पेटमा फलफूल खाँदा शरीरले पचाउन गाह्रो मान्छ । पेट पोल्ने, अपच, भारी हुने जस्ता समस्या यसबाट आइलाग्छन् ।
त्यसैले खाना खाएको तीन घन्टापछि मात्र फलफूल खानुस् ।
पोषणविद्हरूका अनुसार बिहान खाली पेटमा अनि दिउँसो ब्रेकफास्ट र लन्चका बीचमा फलफूल खाँदा सबभन्दा बढी फाइदा हुन्छ ।
सही समयमा फलफूल खानु त पर्छ नै, सही तरिकाले खानु पनि उत्तिकै जरूरी छ । फलफूललाई सलादका रूपमा खाँदा बढी फाइदा हुन्छ ।
दहीसँग वा नूनसँग फलफूल खाँदा गजब हुन्छ तर एसिडिटीको समस्या छ भने चाहिँ सलाद नखानुस् ।
बच्चाहरू प्रायः फल खान किचकिच गर्छन् । त्यसैले बच्चाहरूलाई फलफूलको जुस पिलाउनु उपयुक्त हुन्छ ।
उनीहरूलाई जुस स्वादिलो लाग्छ अनि त्यसमा भएका पौष्टिक तत्त्व पनि उनीहरूले प्राप्त गर्छन् ।
सम्बन्धित खबर
कुटपिट गरी हत्या गरेको १७ वर्षपछि एकै गाउँका ५ महिला पक्राउ
पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ
विदेश पठाउने भन्दै ४० लाख बढी ठगी, २ पक्राउ
पोखरामा १० केजी दुर्लभ वन्यजन्तुको मासुसहित एक पुरूष पक्राउ
पोखरास्थित दराज अनलाइनको कार्यालयबाट नगद तथा सामान चोरी गर्ने ३ जना पक्राउ
बिरौटामा जुवातास खेलिरहेका ४ जना नगदसहित पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग