पोखरा । कोरोना परीक्षणदर घटेसँगै गण्डकीमा संक्रमण पुष्टि हुनेको संख्यामा पनि कमी आएको छ । पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार २८२ परीक्षणमा ५१८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
पछिल्ला दिनमा प्रदेशस्थित जिल्लाहरुमा पर्याप्त नमुना संकलन हुन सकेको छैन । अझ हिमालपारीको दुई जिल्ला मनाङ्ग र मुस्ताङ्गमा त नमुना संकलन प्रायः ठप्प छ ।
पछिल्लो २४ घण्टामा कास्कीमा ५१४, तनहुँमा ६६, गोरखामा २०१, लमजुङमा ५२, नवलपुरमा ९९, स्याङ्गजामा ४७, पर्वतमा १९९, बाग्लुमा ५१, म्याग्दीमा ४९ र मुस्ताङ्ग जिल्लाबाट जम्मा चार जनाको नमुना संकलन गरिएको छ ।
यसरी पछिल्ला दिनमा गण्डकीमा परीक्षणको दायरा घटेसंगै संक्रमितको संख्यामा पनि कमी आएको देखिएको छ।
पछिल्लो २४ घण्टाको उल्लेखित परीक्षणमा गण्डकीका दश जिल्लाका ५१८ जनामा संक्रमण पुष्टि भएको छ । जसअन्तर्गत कास्कीका २३२ जना, पाँच जना, गोरखाका १०६ जना, लमजुङका १२ जना, नवलपुरका ३१ जना र स्याङ्गजाका १२ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै, पर्वतका ८७ जना, बाग्लुङका १७ जना, म्याग्दीका १५ जना र मुस्ताङ जिल्लाका एक जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४७ हजार ८०९ पुगेको छ ।
गत २४ घण्टामा गण्डकीबाट १ हजार ७३ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ३९ हजार १२० पुगेको छ।
मंगलबार पनि गण्डकीमा १० जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा पोखराका तीन जना, तनहुँका एक जना, लमजुङका एक जना, स्याङ्गजाका दुई जना, नवलपुरका एक जना र पर्वतका दुई जना छन् ।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७८९ पुगेको निर्देशनालयले जनाएको छ ।

सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?