मनाङ । गत मङ्गलबार मस्र्याङ्दी नदीमा आएको बाढीले मनाङको नासो गाउँपालिकाको भौतिक संरचनामा ठूलो क्षति पु-याएको छ । पालिकाको वडा नं २ बाहेक सबै वडाहरुमा बाढीले ठूलो क्षति पु-याएको हो । नासो गाउँपालिकाका अध्यक्ष चन्द्र घलेका अनुसार १, ३, ४, ५, ६, ७ र ८ वडा पूर्णरुपमा बाढीपहिराबाट क्षति भएका छन् ।
नासो गाउँपालिका–३ धारापानीमा बाढीले पुल र भवनहरू बगाएको छ । गाउँपालिकाका अध्यक्ष घलेका अनुसार ताचै जाने बेलिब्रिज, थोंचे–तिल्चेतिर जाने झोलुङ्गे पुल, नासो गाउँपालिकाको कार्यालय, सीमा प्रहरी चौकी बगेका छन् । यस्तै, प्रभु बैंक र प्राइम कमर्सियल बैंकका भवन, वडा नं ५ को कार्यालय, थोंचे स्वास्थ्य चौकी, लघु जलविद्युत् आयोजनाका साथै धारापानीका पाँचवटा होटेल बगेका छन् । वडा नं १, ताल गाउँको बस्ती डुबानमा परेको छ ।
मस्र्याङ्दीमा उर्लिएको बाढीले भानु माविसहित ताल गाउँको बस्ती डुबानमा परेको नासो गाउँपालिकाका उपाध्यक्ष कमलमाया गुरुङले बताएकी छन् । करीब ५६ घरधुरी रहेको उक्त गाउँका बासिन्दा पहरामुनि गएर बसेको र केही लमजुङ सीमा क्षेत्र म्यार्दीभिरतर्फ गएको उपाध्यक्ष गुरुङले बताइन्। बाढीले विस्थापित धारापानीका स्थानीय बासिन्दा नजीकैको ओडार गाउँमा गएर बसेका छन् । यहाँ अहिले बिजुली र सञ्चार क्षेत्र अवरुद्ध छ भने खाद्यान्नको अभावसमेत भएको छ । गाउँपालिकामा बाढीपहिराले अहिलेसम्म के कति क्षति पु¥याएको छ भन्ने तथ्याङ्क सङ्कलन भइनसकेको अध्यक्ष घलेले बताएका छन्।
सम्बन्धित खबर
मनाङमा हिमपातबाट अलपत्र परेका ७५० जनाको उद्धार
मनाङमा यार्सा टिप्न गएका धादिङका आकाशको मृत्यु
मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरू
मनाङ सदरमुकाम चामेमा पहिलो पटक पुग्यो बस
मनाङको फू गाउँमा सशस्त्रको ‘बीओपी’ राखिने
मनाङमा सार्वजनिक गाडी सञ्चालन हुने
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प