गृह मन्त्रालयले पछिल्लो ५ दिनमा लगातारको वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी १६ जनाको मृत्यु भएको र अन्य २२ जना सम्पर्कविहीन र १६ जना घाइते भएको बताएको छ ।
मृत्यु हुनेमा सिन्धुपाल्चोक र डोटीमा ३/३ तथा सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालीकोट, प्युठान र बाजुरामा १/१ जना रहेको गृह मन्त्रालयले जनाएको छ ।
बाढीपहिरो र डुबानमा परी अहिलेसम्म १६ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले बताएको छ । तीमध्ये १० पुरुष, ४ महिला र २ बालिका छन् । बेपत्ता २२ मध्ये सबैभन्दा बढी सिन्धुपाल्चोकमा २० जना छन् । बाजुरा र रूपन्देहीमा १/१ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी भइरहेको मन्त्रालयले बताएको छ ।
बाढीपहिरोमा परेका सिन्धुपाल्चोकमा ९४ र सल्यानबाट ८ जना गरी १०२ जनाको उद्दार भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै, यार्सा टिप्न गएका मनाङका ७० जनाको पनि शुक्रबार नै उद्दार गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बताए ।
बाढीपहिरोका कारण बन्द भएका विभिन्न स्थानका सडक सुरक्षाकर्मीको सहयोगमा सञ्चालनमा ल्याइएको छ । वर्षाका कारण दार्चुला, हुम्ला, सुर्खेत, कालीकोट, सल्यान, दैलेखलगायत जिल्लामा पहिरो गई अवरोध भएको सडक खुलाउने प्रयास जारी रहेको मन्त्रालयले जानकारी दिएको छ ।
गृह मन्त्रालयका अनुसार हालसम्म ५२८ घरका १७६० जना मानिस विस्थापित भएका छन् । बाढीपहिरोका कारण १९९ वटा घरमा क्षति भएको छ । १२ वटा पुल, एउटा विद्यालय र ७ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’