गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
कास्की । एसओएस बालग्राम रामबजार पोखराका आमाहरूले नयाँ बजारमा बसोबास गर्दै आएका दृष्टिविहीन एवम् अपाङ्गता भएका परिवारलाई खाद्य सामग्री सहयोग गरेका छन्।
बालग्रामका संस्थापक हर्मनमाइनरको जन्मदिन एवम् ३५औँ एसओएस दिवसका अवसरमा आमाहरूले पाँच दृष्टिविहीन र ११ शारीरिक अपाङ्गता भएका परिवारलाई रु २५ हजार बराबर राहत सामग्री वितरण गरेका हुन्।
एसओएस बालग्राममा कार्यरत २४ आमाले सामूहिक रुपमा सङ्कलित रकमबाट चामल, दाल, तेल, नुन, चिउरा, बेसार, मास्कलगायतका सामग्री खरीद गरी अपाङ्गता भएका परिवारलाई सहयोग गरिएको लक्ष्मीदेवी बाँस्तोलाले जानकारी दिइन्।
निषेधाज्ञाका कारण रोजगारी गुमाएर भोकै बस्ने अवस्थामा पुगेका १७ परिवारलाई तत्कालका लागि खाद्यान्न सहयोग गरिएको उनको भनाइ छ । बालग्रामका १५ घरमा १५३ बालबालिका छन् ।
सम्बन्धित खबर
मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
पोखरासहित गण्डकी क्षेत्रमा सार्वजनिक यातायातमा विद्युतीय साधन बढ्दै
पोखरा–मुग्लिन सडक खण्डमा विजयपुर खोलासहित चार ठाउँमा पुल बनाइँदै
लेकसाइडमा स्कुटरलाई ठक्कर दिएर भागेका कुशल पक्राउ
गण्डकी प्रहरी प्रमुख बनिन् डीआईजी दुर्गा
पुतलीबजार पूर्ण खोप सुनिश्चितता नगर घोषित
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग