गोरखामा भीरबाट लडेर मृत्यु भएका युवकको शव निकाल्न कठिनाइ

गोरखामा भीरबाट लडेर मृत्यु भएका युवकको शव निकाल्न कठिनाइ

death body

गोरखा । वन लसुन टिप्न जङगलमा गएका बेला भीरबाट लडेर मृत्यु भएका गोरखाको चुमुनुब्री गाउँपालिका–३, पाङसिङका एक युवकको शव निकाल्न कठिनाइ भएको छ । बौद्ध हिमालको फेदीमा खोँचमा रहेको २४ वर्षका सुरेन्द्र गुरुङको शव चार दिनदेखि निकाल्न नसकिएको चुमनुब्री सेवा समाजका अध्यक्ष वीरबल घलेले जानकारी दिए।

बुबा र भाइसँगै वन लसुन टिप्न गएका गुरुङ यही असार ६ गते बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ र लमजुङको सिमानामा पर्ने बौद्व हिमालको फेदीमा भीरबाट खसेका थिए । गुरुङको शव मौसम खबरीका कारण निकाल्न कठिनाइ भएको उनले बताए।

परिवार र लाप्राकबासीले खोचबाट शव निकालेर हेलिकप्टर ल्याण्ड गर्न सक्ने ठाउँमा ल्याएका छन् । माथि ल्याउन दुई पटकसम्म हेलिकप्टरबाट प्रयास गरिएको भएपनि नसकिएको अध्यक्ष घलेले जानकारी दिए। गुरुङ गएको जेठ २६ गते परिवारका सदस्य र २ जना छिमेकीको साथमा वन लसुन खोज्न त्यहाँ पुगेका थिए । उनीहरुको भने असार ७ गते हेलिकप्टर मार्फत उद्धार गरिएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ


This will close in 4 seconds