इङ्ल्याण्डलाई ३–२ ले पराजित गर्दै इटाली बन्यो च्याम्पिएन

इङ्ल्याण्डलाई ३–२ ले पराजित गर्दै इटाली बन्यो च्याम्पिएन

italy

पेनाल्टी सुटआउटमा इङ्ल्याण्डलाई ३–२ ले पराजित गर्दै इटाली युरो कप २०२० को च्याम्पिएन बनेको छ ।

सोमबार राति लन्डनस्थित वेम्बली रंगशालामा भएको फाइनल खेलमा इटालीले घरेलु टोली इंग्ल्यान्डलाई ३-२ ले पराजित गर्दै उपाधि जितेको हो ।

खेलको १ मिनेट ५७ सेकेन्डमै इङ्ल्याण्डले इटालीविरुद्ध गोल गरेको थियो । ट्रिपियरको पासमा लुक शाले घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा उत्कृष्ट लयमा देखिएको इटालीले ६७ औँ मिनेटमा पाएको कर्नरलाई लियोनार्दो बुनुचीले बराबरी गोल फर्काएका थिए ।

निर्धारित समयको खेलमा दुवै टिमको बराबरी गोल पछि अतिरिक्त समय थपिएको थियो । अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।

इटालीले यसअघि १९६८ मा पहिलोपटक यो उपाधि जितेको थियो । भने, सन् २००० र २०१२ मा फाइनल पुगेर इटली पराजित भएको थियो ।

आजको पराजयसँगै ५५ वर्षपछि इङ्ल्याण्डको च्याम्पिएन बन्ने सपना चकनाचुर भएको छ । १९६६ को विश्वकपपछि इङ्गल्यान्डले कुनै पनि ठुला प्रतियोगिताको फाइनलमा स्थान बनाउन सकेको छैन।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ