शुक्रबार गण्डकीका ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १२३ जनामा गरिएको नमुना परीक्षणमा ३८१ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।
आज संक्रमण पुष्टि हुनेमा गण्डकीका ११ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १४६ जना, तनहुँका २० जना, गोरखाका एक जना, लमजुङका आठ जना, नवलपुरका ४१ जना र स्याङ्गजाका ३५ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै, पर्वतका ७३ जना, बागलुङका ३९ जना, म्याग्दीका पाँच जना, मुस्ताङका ११ जना र मनाङ जिल्लाका दुई जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६० हजार ९०० पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ३६६ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५७ हजार ६२ पुगेको छ।
शुक्रबार गण्डकीमा थप तीन जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा नवलपुरका एक जना, स्याङ्गजाका एक जना र कास्की जिल्ला पोखरा महानगरपालिकाका एक जना छन् ।
आज मृत्यु पुष्टि भएका संगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १०१७ पुगेको निर्देशनालयले जनाएको छ।

सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला