नेपालमा पब्जी र फ्री फायर बन्द गर्न माग

नेपालमा पब्जी र फ्री फायर बन्द गर्न माग

ssqwqda

पब्जी र फ्री फायर जस्ता गेमले बालबालिकालाई बिगारेको भन्दै बन्द गर्नुपर्ने माग संसदमा उठेको छ । आज भएको प्रतिनिधि सभाको वैठकमा बोल्दै सांसद आशाकुमारी विकले नेपालमा पब्जी र फ्री फायर बन्द गर्न माग गरेकी हुन् ।

कोरोना महामारीका कारण अनलाइन शिक्षाका लागि इन्टरनेटको प्रयोग बढेको कुरा खुशी कुरा भए पनि बालबालिकाहरू पब्जी र फ्रिफायर जस्ता खेलको लतमा फसेको उनको बुझाइ छ ।

‘यस्तो खेलहरूको लतले बालबालिकामा डराउने, झस्कने, जिद्दीपना जस्ता स्वभाव देख्दा सामान्य लाग्ला । तर पछि गएर मानसिक रोगीको अस्पतालको अभाव हुने संकेत देखिएको छ,’ उनले भनिन ।

यसर्थ सरकारले यस्ता अनलाइन खेलहरू तत्काल बन्द गर्नुपर्ने तर्क उनको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ