भान्सामा मिठो खाना बनाउन त्यति सहज छैन । राम्रो खाना बनाउन सक्ने मानिस मुश्किलले भेटिन्छन् । पुरुषको त के कुरा गर्नु, अधिकांश नेपाली महिलालाई पनि मिठो र राम्रो खाना बनाउन आउँदैन ।
तर हामी यहाँ केही टिप्स दिँदैछौं जसलाई अपनाएर तपाईं मिठो खाना बनाउन सक्नुहुन्छ ।
बेकिङ गर्नुअघि ओभनलाई अलिकति तताउनुस् । तातिसकेपछि बल्ल त्यसभित्र बेक गर्ने कुरा छिराउनुस् ।
केही कुरा उमाल्नुछ भने प्रेसर कूकरको ढकनी ध्यानपूर्वक बन्द गर्नुस् । यसो गर्दा बाफ छेउबाट फुत्किन पाउँदैन ।
अनि आगो मध्यम नै राख्नुस् जसले गर्दा प्रेसरबाट बाफका साथै सबै पानी बगेर नजाओस् । यसो गर्नुभयो भने खाना छिट्टो उम्लिन्छ र ग्यासको पनि बचत हुन्छ ।
झोल तरकारी खाने हो भने पहिला भुट्नुस् र अर्को चुलोमा पानी उमालिराख्नुस् । त्यो उम्लेको पानी हालेर पकाउँदा मीठो तरकारी बन्छ ।
प्याज भुट्नका लागि त्यसमा अलिकति नून हाल्नुस् । त्यसो गर्दा चाँडै पाक्छ ।
काँक्रोलाई बीचबाट पिटक्क भाँच्नुस्, काट्ने होइन । यसो गर्दा तीतो भाग आउँदैन ।
भान्सामा तीखो चक्कु र फूड प्रोसेसर राख्नुभयो भने छिट्टै र सजिलै तरकारी काट्न पाउनुहुन्छ र समय बच्छ ।
फलामको कराईमा खाना पकाउनु र खानुुभयो भने शरीरमा आइरनको कमी पूरा हुन्छ ।
मिठो पूरी बनाउनु छ भने दूधले पीठो मुछ्नुस् ।
पकौडा बनाउँदा बेसनमा कागतीको रस हाल्नुभयो भने पकौडाले धेर तेल सोस्दैनन् र कुरुमकुरुम बन्छन् ।
एजेन्सी
सम्बन्धित खबर
कास्कीको अन्नपूर्णमा सामुदायिक बनमा आगो लगाउने एक व्यक्ति पक्राउ
पोखराको हर्पन खोलामा डुबेर एक बालकको मृत्यु
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
पोखरामा कक्षा १२ को परिक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग