पछिल्लो समय नेपालमा फोरजीका ग्राहक घट्न थालेका छन् । केही महिना महिना अगाडिसम्म उल्लेख्य मात्रामा थपिएका ग्राहक पछिल्लो समय घट्न थालेका हुन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७र७८ को १० महिना ९गत साउनदेखि जेठ मसान्तसम्म० को तथ्याङ्कअनुसार गत वैशाखको तुलनामा जेठमा प्रयोगकर्ता घटेको पाइएको हो ।
प्राधिकरणको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्म ७६ लाख ९७ हजार ८६३ जना फोरजीका प्रयोगकर्ता रहेकामा जेठमा ७६ लाख ६४ हजार ४५९ पुगेको छ । गत वैशाखकोे तुलनामा जेठमा ३३ हजार ५०४ जनाले कमी आएको छ ।
नेपालमा तीन दूरसञ्चार सेवा कम्पनीले फोरजी सेवा सञ्चालन गरेका छन् । तीन कम्पनीमध्येमा सबैभन्दा धेरै ग्राहक एनसेलको छ । दश महिनामा सो कम्पनीका फोरजीका ग्राहक ४८ लाख पाँच हजार पुगेको छ । गत चैत महिनामा ५० लाख १७ हजार १७० रहेको जनाइएको छ ।
सरकारी स्वामित्वमा सञ्चालित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) नेपाल टेलिकमले २१ हजार बढी फोरजी प्रयोगकर्ता थपेको छ । वैशाखसम्म टेलिकमसँग २६ लाख ८६ हजार प्रयोगकर्ता रहेकामा जेठ महिनामा २७ लाख सात हजार ४२९ पु¥याएको प्राधिकरणले जनाएको छ ।
यसैगरी स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता एक लाख ५१ हजार ७१५ पुगेको छ । गत वैशाखसम्म स्मार्टका प्रयोगकर्ता दुई लाख छ हजार ३९३ जना रहेका थिए । स्मार्ट टेलिकमका फोरजीका मात्र ग्राहक रहेका छन् ।
९१ प्रतिशत जनताको पहुँचमा इन्टरनेट
नेपालमा ९१ प्रतिशत जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवाको पहुँच पुुगेको पाइएको छ । प्राधिकरणले जनसङ्ख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा प्राधिकरणले कूल जनसङ्ख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ ।
प्राधिकरणको तथ्याङ्कअनुसार जेठसम्म दुई करोड ७७ लाख छ हजार ७११ जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको छ । गत वैशाख महिनाको तुलनामा जेठमा तीन लाख ३१ हजार ४२२ बढी प्रयोगकर्ता थपिएका हुन् । गत वैशाखमा दुई करोड ७३ लाख ७५ हजार बढी प्रयोगकर्ता थिए । उक्त तथ्याङ्कअनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ । जेठसम्म मोबाइल इन्टरनेटको हिस्सा ६५ दशमलव ६८ प्रतिशत छ ।
एक करोड २० लाख ५२ हजार बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको छ । यसमा सबैभन्दा धेरै टेलिकमको ९५ लाख ९० हजार र एनसेलको २४ लाख ६२ हजार रहेको जनाइएको छ । गत वैशाखमा एक करोड १९ लाख ५६ हजार प्रयोगकर्ता रहेकामा जेठमा करिब ९६ हजार बढी थ्रिजीका प्रयोेगकर्ता थपिएका छन् । फिक्स ब्रोडब्याण्डको हिस्सा २५ दशमलव २७ प्रतिशत रहेको छ । यसमा एडिएसएलका सात लाख ८५ हजार र एफटिटिएच इन्टरनेट पाँच लाख ५६ हजार बढी रहेका छन् ।
सम्बन्धित खबर
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
पोखरामा कक्षा १२ को परिक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जना पक्राउ
कुटपिट गरी हत्या गरेको १७ वर्षपछि एकै गाउँका ५ महिला पक्राउ
पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग