३५ अर्ब रुपैयाँ लगानी, २२ वर्षको मेहनत। एक रातमै आएको बाढीले चकनाचुर। मेलम्ची आयोजना फेरि अन्योलमा।
‘सपनाजस्तै बनेको’ मेलम्चीको पानी आफ्नै घरको धारामा झर्दा राजधानीवासीले पानीको दुःख अन्त्य भएको महसुस गरे। तर, त्यो खुसी धेरै दिन टिकेन। मेलम्ची नदीमा असार १ गते आएको बाढीले आयोजनालाई क्षतविक्षत बनाएको छ। वर्षायाममा खोलामा बाढी आउनु स्वाभाविक हो। तापनि, यत्रो ठूलो राष्ट्रिय गौरवको आयोजना निर्माण गर्दा ‘सम्भावित जोखिम’तर्फ ध्यान नपुगेको यसले देखाउँछ।
किन भएन पुनर्निर्माण ?
बाढीले मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचनासम्मको आठ किलोमिटर बाटोको नामनिसाना छैन। बाटो नहुँदा मुख्य संरचनासम्म न कामदार पुग्न सकेका छन् न त तत्काल डोजर पुग्ने अवस्था नै छ। बाढीले क्षति पु-याएको दुई साता बित्दा पनि पुनर्निर्माणको काम अघि बढ्न सकेको छैन।
असार १ देखि ४ गतेसम्म भएको अविरल वर्षाले आयोजनामा नराम्ररी क्षति पुगेको हो। परियोजनाको सुरुवात बिन्दु, बाँध, अडिट सुरुङ, हेडवर्क्स, प्रवेश मार्ग, पुल र सुरु बिन्दुका संरचना क्षतिग्रस्त भएका छन्। मुख्य सुरुङमा क्षति नपुगेको होला भन्नेमा आयोजनाका कर्मचारीमा झिनो आशा छ। मुख्य सुरुङ बाढीले पुरिएको छ।
आयोजनाले ६० दिनमा सुरुङ खाली गरी निरीक्षण गर्ने र पुनः काठमाडौंमा पानी पठाउने योजना बनाइरहेका बेला बाढीले वितण्डा मच्चायो। राष्ट्रपतिले गत चैत २० गत उद्घाटन गरे पनि भदौ दोस्रो साताभित्र काठमाडौंवासीलाई दीर्घकालीन रुपमै पानी पिलाउने लक्ष्य आयोजनाले लिएको थियो।
मेलम्ची बजारबाट हेडवर्क्स (मुख्य बाँध) भएको अम्बाथानसम्म २२ किलोमिटर सडक प्रवेशमार्गका रूपमा छ। प्रवेशमार्गको चनौटेसम्म आंशिक क्षति पुगेको छ। चनौटेबाट मुख्य प्रवेशमार्ग अम्बाथानसम्मको ८ किलोमिटर सडक र पुलको संरचना ध्वस्त छन्। यस्तै, मुख्य संरचना हेडवर्क्स र वरपरका संरचना बाढीले बगाएर ल्याएको नदीजन्य पदार्थले पुरिएका छन्। नदीको सतहमा २ किलोमिटरसम्म ढुंगा, गिट्टी, बालुवा जम्मा भएका छन्।
आयोजनाको मुख्य संरचनासम्म जाने बाटो नै नभएकाले पहिले बाटो बनाउने अनि थुप्रिएका फोहोर हटाउने आयोजनाको तयारी छ। मुख्य संरचना भएको अम्बाथानसम्म डोजर पु¥याउन बाटो आवश्यक छ।
यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन