कर्णाली नदिमा डुङ्गा पल्टियो : ३ बेपत्ता, २ घाइते

कर्णाली नदिमा डुङ्गा पल्टियो : ३ बेपत्ता, २ घाइते

karnali-river-boat_AchUhkprGK

कर्णाली नदिमा डुङ्गा दुर्घटना हुँदा तीन जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् । कैलाली मोहन्याल गाउँपालिका वडा न.०३ रागाँ मलेका दश जना डुङ्गा दुर्घटनामा परेका हुन् । डुङ्गामा सवार मध्ये ३ जना बेपत्ता, २ जना घाइते र ५ जना सकुशल रहेको इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतले जनाएको छ ।

चौकुने गाउँपालिका वडा न. ०४ सुर्खेत स्थित स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन जाने क्रममा डुङ्गा दुर्घटनामा परेका छन् । बेपत्ता हुनेमा कैलाली मोहन्याल गाउँपालिका वडा न. ०३ की २० वर्षया उर्मिला सलामी मगर, उनको १० दिनको बच्चा र २० वर्षकी पार्वती थापा रहेका छन् ।

घाइते भएकामा मोहन्याल गाउँपालिका वडा न.. ३ बस्नेका १९ बर्षीया धनसरा सलामी मगरको अवस्था गम्भीर रहेको छ भने उनको छोरा १ महिनाको कर्ण सलामी अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी टोलीले अनुसन्धान र खोजी कार्य गरिरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds