दोस्रो डोज खोप लगाइसकेकालाई पनि कोरोना संक्रमण देखिन थालेको छ। सुनसरीको इटहरी उपमहानगरपालिका–६ का उमेश दाहालले गत असार २८ गते भेरोसेलको दोस्रो डोज खोप लगाए। त्यसको दुई दिनपछि नै उनलाई ज्वरो आउने, खोकी लाग्नेलगायतका लक्षण देखियो। पहिले त उनले खोपको असर होला भन्ने लाग्यो। तर, साउन २ गते गरेको एन्टिजेन परीक्षण गर्दा उनमा कोरोना संक्रमण भएको पुष्टि भयो।
त्यसैगरी विराटनगरका ३२ वर्षीय एक युवालाई पनि गत बुधबार कोरोना पोजेटिभ देखियो। उनले कोरोनाविरुद्धको खोप दुईवटै डोज लगाइसकेका थिए। एकाएक शनिबार घाँटी खसखसाउने, टाउको दुख्ने, रुघा लाग्ने जस्ता लक्षण देखियो। सुरुमा उनले भाइरल ज्वरो भनेर वास्ता गरेनन्। तर, पीसीआर परीक्षण गराउँदा उनमा कोरोना पोजेटिभ देखियो।
कोरोनाविरुद्धको खोप लगाइसकेपछि कोरोना नलाग्ने, लागे पनि धेरै असर नगर्ने विश्वास आममानिसमा छ। यी दुई युवालाई पनि त्यस्तै लाग्थ्यो। ‘तर, खोप लगाएको भए पनि कोरोना संक्रमण हुने रहेछ’ उमेश दाहालले आफ्नो अनुभव सुनाउँदै भने, ‘खोप लगाएको छु भनेर ढुक्क हुन नहुने रहेछ।’ लक्षणहरू खोप नलगाएको मानिसलाई जस्तै देखिएको र असर पनि उस्तै पारेको उनीहरू बताउँछन्।
फागुनमा पहिलो र जेठ २१ गते कोभिसिल्डको दोस्रो मात्रा पूरा गरेर पनि असार ९ गते दोस्रो पटक कोरोना पोजेटिभ देखिएका इटहरीका लोचन पौडेलको पनि यस्तै अनुभव छ। ‘खोप लगाएको छु। केही हुँदैन होला भनेर आत्मबल चाहिँ बढे जस्तो हुने रहेछ,’ उनले भने। उनलाई यसअघि पनि गत मंसिरमा कोरोना पोजेटिभ देखिएको थियो। केही दिन घरमा आराम गरेपछि निको भएर काममा फर्किएका थिए। तर, दुवै पटकको कोरोना संक्रमणमा स्वाद हराउने, जिउ दुख्ने, ज्वरो आउने, टाउको दुख्ने जस्ता लक्षण देखिएको उनले बताए।
यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह