पिएसजीले आइफेल टावर भाडामा लियो, के मेस्सीलाई सार्वजनिक गर्दैछ ?

पिएसजीले आइफेल टावर भाडामा लियो, के मेस्सीलाई सार्वजनिक गर्दैछ ?

eifell tower psg

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले आइफेल टावर बुक गरेको बताइएको छ । सन् २०१७ मा विश्व कीर्तिमानी रकममा नेयमारलाई भित्राएको थियो । त्यति बेला ब्राजिलियन नेयमारलाई सार्वजनिक गर्नेक्रममा ३ लाख युरोमा आइफेल टावर भाडामा लिएको थियो ।

बार्सिलोनाका पूर्व कप्तान लिओनल मेस्सीलाई सार्वजनिक गर्नका लागि पिएसजीले आइफेल टावर बुक गरेको अनुमान गरिएको छ । इएसपिएनका पत्रकार डिएगो मानरोइगका अनुसार पिएसजीले अगष्ट १० का लागि टावर बुक गरेको छ ।

त्यसका आधारमा पनि मेस्सीलाई सार्वजनिक गर्ने अनुमान गरिएको हो । केहि सञ्चारमाध्यमका अनुसार मेस्सीले पिएसजीमा तीन वर्षको सम्झौता गर्ने सम्भावना छ । उनले नेयमारले भन्दा बार्षिक ५ मिलियन बढी प्राप्त गर्नेछन् । नेयमारले ३५ मिलियन पाउँदै आएका छन् । त्यस्तै, मेस्सीले भने बार्षिक ४० मिलियन पाउन्ड पाउने बताइएको छ ।

मेस्सीले आज क्याम्व नोउबाट आफ्नो राजीनामा बारे सम्बोधन गर्दैछन् । लिगको आर्थिक नियमावलीको कारण बार्सिलोना र मेस्सीबीच सम्झौता हुन सकेको थिएन ।

मेस्सीबारे बार्सिलोनाका खेलाडी के भन्छन् ?

बार्सिलोनाका खेलाडीसर्जिओ बुस्क्वेटले भनेका छन्, ‘मेसी क्लबमा आउँदा भर्खरका बच्चा नै थिए, अहिले छाड्दा इतिहासकै उत्कृष्ट खेलाडी भएका छन् ।’

अन्सु फाटीले पोस्ट गरेका छन्, ‘सबै खेलाडी लियोनल मेस्सीसँगै खेल्न पाउने छ भनेर बार्सिलोनामा आउने गर्छन् । म निकै भाग्यमानी रहें, किनभने मैले मेस्सीसँग साँच्चै खेल्न पाएँ ।’

फिलिपे कोउन्टिन्हाले लेखेका छन्, ‘सबथोकका लागि धन्यवाद । मेस्सीलाई भेट्नु र उनकै टिमबाट खेल्न पाउनु पनि ठूलो हो । म यसका लागि आफूलाई धन्य सम्झन्छुं ।’

जाभी हर्नान्डेजले भनेका छन्, ‘तिमीलाई धन्यवाद नदिएर कहाँ सुख पाइन्छ, अबका दिन तिमीले जे जस्तो गर्छौ, त्यसका लागि शुभकामना ।’

जेरार्ड पिकेले पनि भनेका छन्, ‘अब केही पनि उस्तै हुने छैन् । नु क्याम्प, बार्सिलोना सहर, क्लब र हामी सबै कोही पनि उस्तै रहने छैनौं । तर मलाई विश्वास छ, तिमी एक दिन फेरि फर्कने छौं ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds