बार्सिलोनाले घरेलु लिग ला लिगाको नयाँ सिजनको पहिलो खेलमा शानदार सुरुवात गरेको छ। गए राति घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ४–२ गोलले पराजित गरेको हो।
बार्सिलोनाको जितमा मार्टिन ब्रेथवेटले २ गोल, जेरार्ड पिके र सर्जियो रोबेर्टोले एक–एक गोल गरे। रियल सोसिडाडका लागि जुलेन लोबबेटे सिन्फुइगोसले र मिकेल ओयर्जाबालले एक–एक गोल फर्काए।
खेलको शुरुवातदेखि नै बलमा राम्रो पडक बनाएको बार्सिलोनाले पहिलो गोलका लागि १९ मिनेटसम्म कुर्नुपरेको थियो। १९ औं सहकर्मीले प्रहार गरेको फ्रिकिक बललाई पिकेले हेडमार्फत पोष्टको दिशा दिएका थिए।
त्यस्तै पहिलो हाफको थप गरिएको समयमा ब्रेथवेटले टोलीको अग्रता दोब्बर बनाए। उनले पनि हेडरमार्फत गोल गरेका थिए। दोस्रो हाफको ५९ औं मिनेटमा ब्रेथवेटले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता तेब्बर बनाए।
खेलमा दबाब झेलिरहेको सोसिडाडले ठूलो प्रयासपछि ८२ औं मिनेटमा गोल फर्कायो। जुलेनले उत्कृष्ट गोल गर्दै सोसिडाडलाई थोरै राहत दिलाएर त्यसको ३ मिनेटपछि नै सोसिडाड अर्को गोल थप्यो। मिकलेलले अन्तिम समयतिर पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गरे।
तर सर्जियो रोबेर्टोले थप गरिएको समयको पहिलो मिनेटमा गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे। बार्सिलोनाका कप्तान लियोनल मेस्सी पीएसजी गएपछि उसको पहिलो खेल हो। बार्साले अब मेस्सीको अभावलाई पनि खड्किन नदिने संकेत गरेको छ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला