राम बहादुर रोकाहा, स्याङ्जा । स्याङ्जामा विभिन्न स्थानमा बजार अनुमगन गर्दा म्याद नाघेका वस्तुहरु समेत विक्री गरिरहेको भेटिएको छ ।
उपभोग्य मिति, लेवल नहेरीकन सामान किन्नेहरुले म्याद नाघेका सामान कति किने लेखाजोखा छैन । म्याद नाघेका सामान नष्ट गरी जरिवाना समेत तिराइएको छ ।
स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माको नेतृत्वमा रहेको अनुगमन टोलीले स्याङ्जाका विभिन्न व्यवसायिक फर्महरुमा अनुगमन गरी म्याद नाघेका मालबस्तुहरु जफत गरी नष्ट गरेको हो ।
व्यवसायीहरुलाई जरिवाना तिराई उपभोक्ता हित प्रतिकुल हुने कार्य नगर्न सचेत गराएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।
अनुगमन टोलीले फेदिखोला गाउँपालिका अन्तर्गत सिद्धार्थ राजमार्ग सडकखण्ड आसपासमा रहेका व्यवसायिक फर्महरुको अनुगमन गरेको हो ।
साथै, मंगलबार पनि फेदिखोला गाउँपालिका–२ र पुतलीबजार नगरपालिका –४ नागडाँडास्थित केही व्यवसायिक फर्महरुमा पनि अनुगमन गरेको छ ।
अनुमगन टोलीमा सहायक सिडिओसहित नगर/गाउँपालिका, नेपाल प्रहरी, घरेलु कार्यालय, उपभोक्ता मंच लगायतका प्रतिनिधिहरुको सहभागिता थियो ।
आफूले खरीद गर्ने मालबस्तुहरुको म्याद, मूल्य हेरेर मात्रै सामान किनी सचेत उपभोक्ताको भूमिका खेल्न सम्पुर्ण नागरिकलाई अनुरोध समेत गरेको छ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु