गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जिल्ला अध्यक्षमा सुदीप ढकाल निर्वाचित भएका छन् । मंगलबार भएको मतदानमा उनले ४ प्रतिस्पर्धीलाई पराजित गर्दै ६७ मतका साथ विजयी भएका हुन् ।
१ सय ५७ मतदातामध्ये ८२ जनाले मतदान प्रक्रियामा भाग लिएका थिए । अध्यक्ष पदमा उम्मेदवारी दिएका रामराजा कोइराला, भगवानदास मल्ल, अम्बिका रूपाखेती र रामबाबु अर्याल भने पराजित भए । एकता अधिवेशनले ३१ सदस्यीय जिल्ला समिति चयन गरेको ढकालले बताए ।
४० प्रतिशत सदस्य मनोनीत गर्ने प्रावधानअनुसार जिल्ला समिति ५३ सदस्यीय हुने उनले बताए । सदस्यबाट उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्षलगायत पदाधिकारी मनोनीत गर्ने प्रावधान छ ।
राप्रपालाई जिल्लामा बलियो शक्तिको रूपमा स्थापित गर्न संगठन निर्माणलाई ध्यान दिने नवनिर्वाचित अध्यक्ष ढकालले बताए । राप्रपाले ११ वटै स्थानीय तह, दुईवटा संघीय र चारवटा प्रदेशसभाअन्तर्गतका निर्वाचन क्षेत्रमा पनि सर्वसम्ममत रूपमा नेतृत्व चयन गरेको छ ।
सम्बन्धित खबर
मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
भूकम्पको स्मरणः बारपाकमा आज सार्वजनिक बिदा
गोरखाको वीरेन्द्र तालमा हिमपहिरो, एउटा पुल बगायो
गोरखाका पाँच पालिकाको निर्णय : सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने
ट्याक्सी दुर्घटनामा बेपत्ता भएका युवकको शव त्रिशूलीमा फेला
ट्याक्सी दुर्घटनामा निधन भएका एकै परिवारका सदस्य, एक अझै बेपत्ता
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग