बझाङको दुर्गाथली गाउँपालिका–५ मा सुन लुट्न एक जना नातिले आफ्नै हजुरआमाको हत्या गरेका छन् । ८५ वर्षीया रिखीदेवी जप्रेलको हत्या गरेको आरोपमा उनकै नाति २३ वर्षीय सुवास जप्रेल पक्राउ परेका हुन् ।
रिखीदेवीको गत भदौ २७ गते बिहान ९ बजे हँसिया प्रहार गरी हत्या भएको थियो । प्रहरीका अनुसार शव फेला परेको घरनजिकै रहेको शौचालयमा पुरुषले लगाउने कपडा रगतले लतपतिएको अवस्थामा भेटिएको थियो । त्यसबारे सोधपुछ गर्दा सो कपडा मृतककै नाति सुवासको भन्ने खुलेको थियो । उनलाई दुर्गाथली गा.पा. वडा नं. ७ अन्तर्गत पर्ने लौवादेव डाँडामा भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।
सुवासले प्रहरीसमक्ष हजुरआमाको हत्या गरेको स्वीकार गर्नुका साथै कानमा रहेको सुनको २ वटा मुन्द्रा र नाकमा रहेको सुनकै फुली लुटेर सोही दिन बिक्री गरेको पनि स्वीकार जिल्ला प्रहरी कार्यालयका डिएसपी रूपक खड्काले बताए । उनले सोही साँझ ७ बजेको समयमा पुनः घटनास्थलमा गई लासलाई घरभित्रबाट ल्याएर खाडलमा पुरेको पनि बयान दिएको खड्काको भनाइ छ ।
सुवासविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी भदौ ३१ गतेबाट लागु हुने गरी अदालतबाट दिन सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु