नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ ताप्लेजुङका भरतमणी पौडेल बनेका छन् । आज भएको ग्राण्ड फिनालेमा पौडेलले सिक्किमका विक्की अग्रवाल र गोरखाका सन्तोष थापालाई पछि पारे ।
विक्की फस्ट रनरअप र सन्तोष सेकेन्ड रनरअप घोषित भए । जितसँगै भरतमणीले कार र २५ लाख रुपैयाँ जितेका छन् । उनको जीतमा प्रशंसकले हर्षोल्लास मनाउँदै नाराबाजी गरेका छन् । विक्कीले टिभिएस बाइक पाए भने सेकेण्ड रनर अप सन्ताेषले स्कुटर प्राप्त गरे ।
कमेडी च्याम्पिनयको टप-३ मध्ये भरतमणि सबैभन्दा बलिया दाबेदार मानिन्थे । पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको क्यारिकेचर गरेपछि उनलाई दर्शकले ‘नोटिस’ गरेका थिए। उनले सेमिफाइनलमा पूर्व युवराज पारस शाहको क्यारिकेचर गरेका थिए। पारसको जस्तै हाउभाउमा स्टेज प्रवेश गरेका भरतमणिको व्यङ्ग्यात्मक प्रस्तुतिलाई धेरैले रुचाए पनि। जसकारण उनी बिना भोटिङ नै सिधैँ फाइनलमा पुगेका थिए। समसामयिक र राजनीतिक विषयवस्तु चोटिलो प्रहार गर्नु भरतमणिको कमेडीको विशेषता हो। ग्राणड फिनालेकाे शाेमा पनि उनले गाेकुल बास्काेटादेखि मेस्सीसम्मकाे क्यारिकेचर गरे ।
भारत सिक्किमका बिक्की अग्रवाल मौलिक र फरक प्रस्तुतिका लागि चिनिन्छन्। अन्तिम ४ को प्रतिस्पर्धामा उनले कमेडी च्याम्पियनको स्टेजमा नै पहिलोपटक ‘पेन्टोमाइम’ प्रयोग गरेका थिए। बिक्की नेपाली कमेडीमा नयाँ आयाम भित्र्याउने प्रतिस्पर्धीको रुपमा चिनिन्छन्।
अर्का प्रतिस्पर्धी हुन् गोरखाका सन्तोष थापा। निर्णायक मनोज गजुरेल सन्तोषलाई विक्की र भरतमणीको फ्यूजनको रुपमा लिन्छन्। साथै उनको प्रस्तुतीमा ‘रियल लाईफ एक्सपेरियन्स’, ‘अर्गयानिक कन्टेन्ट’, हाउभाउको सही प्रयोग र प्रस्तुतीमा शालिनता र सरलता भेटिने समेत गजुरेलले उल्लेख गरेका छन्।
फिनाले आज बेलुका ९ बजे देखि कान्तिपुर टेलिभिजन र ओएसआर डिजिटल युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण भएकाे थियाे । पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ धादिङका हिमेश पन्त बनेका थिए ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन