नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का उपाध्यक्ष रश्मि आचार्यले आफूले अखिलको विद्यार्थी राजनीतिमा २८ वर्ष बिताएको उल्लेख गरेका छन् ।
२२ औं सम्मेलनबाट निर्वाचित उपाध्यक्ष आचार्य अध्यक्ष नविना लामा समानुपातिक सांसद चयन भएपछि नै अध्यक्षका लागि प्रमुख दाबेदार थिए । यद्यपी, पार्टी निर्देशनमा महासचिव ऐन महरलाई अध्यक्ष बनाइयो । अहिले निर्वाचित उपाध्यक्ष आचार्य, महेश वर्तौला र सैलेश लामा बाहिरिएका छन् । उपाध्यक्ष सुनिता बराललाई अध्यक्ष चयन गरिएको छ ।
चैतमा हुन गइरहेको २३ औं महाधिवेशनबाट बराललाई अध्यक्ष र समिक बडाल महासचिव बनाउने गरी केन्द्रीय कमिटी हेरफेर गरिएको हो । संगठनका प्रवक्ता तथा हालका सचिव आरसी लामिछाने वरिष्ठ उपाध्यक्ष चयन भएका छन् । अध्यक्षको लागि रश्मी आचार्य र महेश बर्तौला पनि आकांक्षी थिए । पूर्वअध्यक्ष नविना लामा, रश्मी आचार्य आफूहरुलाई अन्याय भएको भन्दै अनेरास्ववियूको बैठकमा अनुपस्थित भएको बताइएको छ ।
रश्मि आचार्यले एक प्रेस विज्ञप्ति जारी गर्दै आफू अब विद्यार्थी राजनीतिबाट पार्टी राजनीतितर्फ प्रवेश गरेको उल्लेख गरेका हुन् ।


सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु