सन्दीप लामिछाने र करण केसीको सानदार बलिङमा नेपालले विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा ओमानविरुद्ध ७ विकेटको जित निकालेको छ।
ओमानले दिएको १२१ रनको सामान्य लक्ष्य नेपालले १८.२ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो। यस जितसँगै नेपाल अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट ब्याटिङ गरे। उनी ४६ बलमा ४ चौका र २ छक्कासहित ५२ रनमा अविजित रहे। ज्ञानेन्द्रको यो कीर्तिमानी अर्धशतक हो।
ज्ञानेन्द्र नेपालबाट ओडिआईमा चार अर्धशतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका छन्। ज्ञानेन्द्रपछि ओडिआईमा रोहित कुमार पौडेलले तीन अर्धशतक प्रहार गरेका छन्।
यता, आसिफ शेखले ४४ बलमा ७ चौकासहित ४० रन बनाए। यता, कुशल भुर्तेल र रोहित पौडेलले भने दोहोरो अंक छुन सकेनन्।
नेपालको घातक बलिङसामू ओमानका ७ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। जतिन्दर सिंहले १३ रन जोड्दा नसिम खुसी १२ रनमा आउट भए। सन्दीप गौडले ८ रन, आयन खानले ७ रन जोड्दा सुफ्यान मेहमुद र मोहमद नदीमले ४र४ रन जोडे। सुरज कुमार र नेस्टर धाम्बा खाता नखोल्दै पेभेलियन फर्किए।
कलिमुल्लाह ११ रनमा अविजित रहँदा बिलाल खानले ९ रन बनाए। नेपालका सन्दीपले ८.१ ओभरमा २ मेडनसहित १८ रन खर्चेर ४ विकेट लिए। करणले ८ ओभरमा १ मेडनसहित २५ रन खर्चेर ४ विकेट लिए।
स्पिनर शरद भेषावकरले ६ ओभरमा १ मेडनसहित २१ रन खर्चेर २ विकेट लिए।
विश्वकप लिग-२ अंक तालिका
नेपाल ८ खेलमा ४ मा जित र ४ मा हार सहित ८ अंकका साथ चौथो स्थानमा छ। यता, ओमान १३ खेलमा १० मा जित र ३ मा हारसहित २० अंकका साथ शीर्ष स्थानमा छ। अमेरिका १५ खेलमा ७ मा जित र ८ मा हारसहित १४ अंक जोड्दै दोस्रो स्थानमा छ।
यस्तै, स्कटल्यान्ड ८ खेलमा ४ मा जित र ३ मा हारसहित ९ अंकका साथ तेस्रो स्थानमा छ। स्कटल्यान्ड र युएईको एक खेल रद्ध भएको थियो।
नामिबिया ७ खेलमा ४ मा जित र ३ मा हारसहित ८ अंकसहित नेटरन रेटको आधारमा पाँचौं स्थानमा।
यता, युएई ७ खेलमा समान ३ मा जित र ३ मा हारसहित ७ अंक जोड्दै छैटौं स्थानमा छ। स्कटल्यान्ड र युएईको एक खेल रद्ध भएको थियो।
पपुवा न्युगिनी ८ खेलमानै हारका साथ अंकविहिन हुँदै पुछारमा छ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’