काठमाडौँ । सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक (बजेट) आज सोमबार पारित भएको छ।
नेकपा एमालेका सांसदको नाराबाजी र अवरोधकै बीचमा अर्थ मन्त्री जनार्दन शर्माले भदौको २५ गते संसदमा प्रस्तुत गरेको विनियोजन विधेयकलाई आज प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेस गरेका थिए ।
आज प्रतिपक्षी एमालेले विरोध गरे पनि सत्तापक्षका बहुमत सांसदले विधेयक पारित गरेका हुन् ।
बजेट पारित भए पनि सरकारले तत्काल खर्च गर्न भने पाउने छैन। प्रतिनिनिधि सभाबाट पारित भएको विधेयक राष्ट्रिय सभाबाट पारित गराएर राष्ट्रपतिले प्रमाणीकरण नगरेसम्म सरकारले खर्च गर्न पाउँदैन।
आज प्रतिनिधि सभाबाट पारित भएको बजेट अब राष्ट्रिय सभाले पारित गर्नेछ । राष्ट्रपतिले प्रमाणित गरेपछि बल्ल सरकारले खर्च गर्न पाउनेछ । राष्ट्रिय सभाको बैठक भोलि मङ्गलबार बस्दैछ ।
प्रतिस्थापन विधेयक पारित हुन नसक्दा सरकारले भदौ ३० गते मध्यरातबाट खर्च गर्न नपाउने ’बजेट होलिडे’को अवस्था आएको थियो। त्यसयता सम्पूर्ण सरकारी खर्च रोकिएको अवस्था छ।
सरकारले प्रतिस्थापन विधेयकमार्फत् १४ अर्ब ७४ करोडले घटाएर १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेको हो। पूर्ववर्ती सरकारले गत जेठ १५ मा अध्यादेशमार्फत् १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको थियो।
प्रतिस्थापन विधेयकमार्फत् सरकारले केही करका दरहरुसमेत परिवर्तन गरेको छ। सामाजिक सुरक्षाका केही नयाँ कार्यक्रमसमेत प्रतिस्थापन विधेयकमा समेटिएका छन्।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ