वालिङ जीप दुर्घटना: मृत्यु हुनेको संख्या ३ पुग्यो, ४ वर्षीया बालिकाकाे मृत्यु

वालिङ जीप दुर्घटना: मृत्यु हुनेको संख्या ३ पुग्यो, ४ वर्षीया बालिकाकाे मृत्यु

jeep acc.

रामबहादुर राेकाहा, स्याङ्जा : आइतबार साँझ जीप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ३ पुगेको छ। घाईते भएकी ४ वर्षीया करिष्मा थापाको उपचारका क्रममा पाेखराकाे मनिपाल अस्पतालमा बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

वालिङमा भएको जीप दुर्घटनामा २ जनाको आइतबार नै उपचारका क्रममा मृत्यु भएको थियो। दुर्घटनामा परी गल्याङ १० का ३२ वर्षीय गंगा पल्ली र ७७ बर्षका दल बहादुर पल्लीको मृत्यु भएको थियो।

दुर्घटनाका घाईते मध्ये ३ जना डिस्चार्ज भएका छन्। अन्य १३ जनाको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भईरहेको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

वालिङ बजारबाट गल्याङको पकवादीका लागि छुटेको ग १ ज ४९१८ नम्बरको जीप वालिङ १०मोदीखोलामा दुर्घटना भएको थियो। जीप ग्रामिण सडकबाट ५० मिटर तल खसेकोे थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ