काठमाडौँ । जापानको सत्तारुढ पार्टीले आम चुनावमा एकल बहुमत प्राप्त गरेको छ ।
सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले तल्लो सदनमा बहुमतका लागि चाहिने २ सय ३३ भन्दा बढी सिटमा जित हासिल गरेको हो ।
महिना दिनअघि मात्रै सत्तामा आएका प्रधानमन्त्री फुमिओ किशिदाका लागि चुनावी नतिजा ठूलो जितका रुपमा लिइएको छ ।
यसको अर्थ कोमिइतो पार्टीसँग गठबन्धन नगरि एलडीपीले सत्ता चलाउन पाउने भएको बीबीसीले जनाएको छ ।
६४ वर्षका किशिदा यो अक्टोबरको सुरुमा सत्तारुढ पार्टी एलडीपीको नेता बनेका थिए। एलडीपीले दशकौँदेखि जापानमा सत्ता सञ्चालन गर्दै आएको छ । तर कोरोना भाइरस महामारी नियन्त्रणका लागि गरेको प्रयासलाई लिएर आलोचना भएको थियो।
लामो समयदेखि प्रधानमन्त्रीको होडमा रहेका किशिदाले सन् २०१२ देखि २०१७ सम्म जापानको विदेशमन्त्रीको रुपमा काम गरेका थिए।
तल्लो सदनका ४६५ मध्ये २७६ सिटमा कायम रहेको एलडीपी बहुमतको अपेक्षासहित आइतबारको चुनावमा गएको थियो। मतपरिणाम आउँदा एलडीपीले २६१ सिटमा जीत हासिल गरेको हो। कोमिइतो पार्टीले ३२ सिटमा जीत हासिल गरेको छ। यसको अर्थ गठबन्धनसँग २९३ सिट भएको छ।
सम्बन्धित खबर
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
ब्राजिलका पूर्वराष्ट्रपतिलाई २७ वर्ष जेल
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सजाय
अस्ट्रेलियामा ट्रकले कारलाई ठक्कर दिँदा नेपाली दम्पती र छोराको मृत्यु
अमेरिकाले सुगर, क्यान्सर र मोटोपना भएका बिरामीलाई भिसा नदिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’