स्याङ्गजा वालिङ मोडस्थित डिपार्टमेन्ट स्टोरमा आगलागी, करिब ५० लाखको क्षति

स्याङ्गजा वालिङ मोडस्थित डिपार्टमेन्ट स्टोरमा आगलागी, करिब ५० लाखको क्षति

aago

राम बहादुर रोकाहा, स्याङ्जा।   स्याङ्जाको वालिङ नगरपालिका वडा नं- ८ मोडस्थित एक डिपार्टमेन्ट स्टोरमा विद्युतीय लाइन सर्ट हुँदा भएको आगलागीका कारण करिब पचास लाख बराबरको नोक्सान भएको छ ।

बुधबार राती अन्दाजी १ बजे वालिङ बजारस्थित मोडमा आगलागी हुँदा गाउँवेशी डिपार्टमेन्ट स्टोरमा रहेका सिसि टिभीहरु, फ्रीज, कम्प्युटर , टेलिभिजन , कस्मेटिक, खाद्यान्न लगायतका सामानहरु जलेर नष्ट हुँदा करिब ५० लाख बराबरको क्षति हुन पुगेको स्टोर संचालक सुधन श्रेष्ठले बताए ।
रातिको समयमा अचानक आगलागी भएपनि वालिङ नगरपालिकाबाट दमकल मगाई आगोलाई तुरुन्तै नियन्त्रणमा लिई थप क्षति हुनबाट रोकिएको थियो ।
आगोलाई राती नै नियन्त्रण लिइएपनि रातीको समयमा आगलागी हुँदा धुँवाले बाँकी रहेका सामानहरु समेत बिग्रिएको स्टोरका संचालक सुधन श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ