काठमाडौँ । भारतको उत्तर प्रदेशमा दलित परिवारका चार जनाको हत्या भएको छ । प्रयागराजको मोहनजङ्ग गोवरी गाउँमा हिजो एकै परिवारका चार जनाको बन्चरो प्रहार गरी हत्या भएको बीबीसीले जनाएको छ ।
परिवारको हत्या अघि बालिकामाथि सामूहिक बलात्कार पनि भएको आफन्तजनले आरोप लगाएका छन् । उनीहरुले बालिकामाथि बलात्कार पछि परिवारका चार जनाको हत्या भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।
जग्गाको विषयमा गाउँकै केही व्यक्तिसँग विवाद हुँदा त्यतिबेला पनि दलित परिवारमाथि कुटपिट भएको थियो । कुटपिट र ज्यान मार्ने धम्कीको विषयमा पहिले नै प्रहरीमा उजुरी दिए पनि कुनै सुनुवाइ नभएको र हिजो चार जनाको हत्या भएको आफन्तले बताएका छन् ।
प्रहरी र अभियुक्तको मिलेमतोमा घटना भएको भन्दै उनीहरुले निष्पक्ष छानबिनको माग गरेका छन् । यस्तै, भारतीय कांग्रेसले घटनाको विरोध गरेको छ । उत्तर प्रदेश कांग्रेसले ट्वीट गर्दै प्रहरीकै कारण दलित परिवारको हत्या भएको आरोप लगाएको छ ।
कांग्रेसकी महासचिव प्रियङ्का गान्धीले पीडित परिवारसँग भेटेर न्याय दिलाउन पहल गर्ने आश्वासन दिइन् । उनले उत्तर प्रदेशमा सरकारले नै कानुनी राज्यको धज्जी उडाइरहेको र दलित तथा गरिब परिवारमाथि सरकारकै संरक्षणमा हमला भइरहेको आरोप लगाइन्।
सम्बन्धित खबर
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
भारतीय संगीतकी सुप्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
बलिउडकी दिग्गज गायिका आशा भोसलेलाई हृदयघात, ९२ वर्षीया भोसलेको आईसीयूमा उपचार गरिँदै
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’