काठमाडौँ । कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण हुनसक्ने भन्दै जापानले विदेशी नागरिकलाई प्रवेश निषेध गरेको छ ।
जापानले आज मङ्गलवारदेखि लागू हुने गरी विदेशी नागरिकका लागि प्रवेश निषेध गरेको हो ।
सिमानामा कडाइका साथ परीक्षण गर्ने व्यवस्थासहित विश्वका कुनै पनि देशबाट आउने यात्रुलाई प्रवेशमा रोक लगाइएको प्रधानमन्त्री फुमियो किशिदाले बताउनुभएको बीबीसीले जनाएको छ ।
जापानमा यसअघि पनि धेरैजसो नाका बन्द गरिएको थियो भने विदेशबाट आउनेलाई परीक्षणमा कडाइ गरिएको थियो । नोभेम्बरको सुरुदेखि व्यवसायी, विदेशी विद्यार्थी र जापानको भिसा भएकालाई प्रवेशमा केही सहज बनाएकोमा फेरि कडाइ गरेको हो ।
यसैबीच, अस्ट्रेलिया सरकारले आउँदो बुधबार (डिसेम्बर १) देखि अन्तर्राष्ट्रिय सिमाना खुला गर्ने निर्णय तत्कालका लागि रद्द गरेको छ ।
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबारे थप जानकारी लिनुपर्ने भन्दै अस्ट्रेलियाले दुई हप्ता सीमा नाका बन्द गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ ।
प्रधानमन्त्री स्कट मरिसनले केही दिनअघि आउँदो बुधबारदेखि विदेशी विद्यार्थीसहित दक्ष कामदारलाई अस्ट्रेलिया प्रवेश गर्न दिने निर्णय गरेका थिए । अब कम्तीमा डिसेम्बर १५ सम्म अन्तर्राष्ट्रिय विद्यार्थी तथा विदेशी नागरिक अस्ट्रेलिया जान पाउने छैनन् ।
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन