लमजुङ । नेपाली कांग्रेस गण्डकी प्रदेशको जारी अधिवेशनमा मनाङका दुई जनासहित प्रदेश कार्यसमिति सदस्य पदमा सात जना निर्विरोध निर्वाचित भएका छन् ।
प्रदेश कार्यसमितिका लागि भुगोल तर्फबाट सदस्यमा उम्मेदारी दिएका मनाङका विनोद गुरुङ र चिउडे लामा निर्विरोध भएका हुन् । कांग्रेस विधान अनुसार प्रदेश कार्यसमितिका लागि एक मात्र संघीय निर्वाचन क्षेत्र रहेको जिल्लाबाट अनिवार्य एक महिला सहित दुई जना सदस्य रहने व्यवस्था छ ।
सोही अनुसार मनाङबाट पुरुषतर्फ गुरुङ र महिलातर्फ लामा निर्विरोध निर्वाचित भएका हुन् । मनाङसहित प्रदेश कार्यसमिति सदस्यमा उम्मेदारी दिएका मुस्ताङ तनहुँ र पर्वतका गरी सात जना निर्विरोध निर्वाचित भएका हुन् ।
मुस्ताङबाट भुगोलतर्फ पुष्पा भट्टचन शेरचन र सुवर्णकुमार विष्ट निर्विरोध निर्वाचित भएका हुन् । यसैगरी भुगोल तर्फकै प्रदेश कार्यसमितिमा उम्मेदारी दिएका तनहुँका मायादेवी राना आले र लक्ष्मीप्रसाद आचार्य पनि निर्विरोध निर्वाचित भएका हुन् ।
भुगोल महिला तर्फबाट उम्मेदारी दिएकी पर्वतकी मिनाकुमारी केसी पनि निर्विरोध निर्वाचित भएको नेपाली काँग्रेस गण्डकी निर्वाचन समितिले जनाएको छ । निर्विरोध निर्वाचित बाहेक अन्य उम्मेदवारका लागि शनिबार मतदान हुँदैछ ।
सम्बन्धित खबर
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
प्रत्येक वर्ष भदौ २३ गते ‘जेन-जी सहिद दिवस’ मनाउने सरकारको निर्णय
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’