महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले ९० वर्षमाथिका जेष्ठ नागरिकलाई घरमै भत्ता पु-याउने व्यवस्था गरिने बताएकी छन् । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री रेग्मीले ९० वर्षमाथि पुगेका जेष्ठ नागरिकलाई सरकारले घर–घरमै भत्ता पु-याउने बताइन् ।
९० वर्षमाथि पुगेका जेष्ठ नागरिकहरु शारिरिक रुपमा अशक्त भएको कुरालाई दृष्टिगत गर्दै बैंकसँग समन्वय गरी घरमै भत्ता पु-याउने व्यवस्था सरकारले गरेको र छिट्टै कार्यान्वयन हुने बताइन् ।
त्यसैगरी रातो कार्ड पाएका अपांगता भएका व्यक्तिहरुले पाउने भत्ता पनि घरमै पु¥याउने उनले बताइन् । उनले भनिन्, ‘जेष्ठ नागरिकहरु जो ९० वर्ष माथि पुग्नुभयो । जो बेडमा पर्नुभाको छ र अपांगता भएका व्यक्तिहरु जो रातो कार्ड पाउनुभएको छ । उहाँहरु बेडमा हुनुहुन्छ, बैंक जान सक्नुहुन्न । त्यस्तै अरु जसले भत्ता पाउने अधिकार राख्नुहुन्छ तर उहाँहरु बैंक जान सक्नुहुन्न । त्यस्तोहरुलाई जसरी हुन्छ, स्थानीयले बैंकसँग समन्वय गरेर हातहातमा भत्ता पु-याइदिने बैंकले, त्यो व्यवस्था गर्नुपर्छ भनेर त्यसमा लागिरहेका छौँ । संघीय मामिला मन्त्रालयसँग पनि बैठक गरेर त्यो कुरालाई कार्यान्वयनको पक्षमा जाने भन्ने कुरा पास भइसकेको छ । त्यस्तै प्रकारले यातायातमा पनि ५० प्रतिशत भाडा छुट छ, अपांगता भएका व्यक्तिलाई र जेष्ठ नागरिकहरुलाई तर त्यो कार्यान्वयन हुन सकेको छैन । त्यसमा कसरी कार्यान्वयन गराउन सकिन्छ, ति कुराहरुमा पनि हामी लागिरहेका छौँ ।’
उनले महिला, बालबालिका तथा जेष्ठ नागरिकहरुको समस्या समाधानका निम्ति मन्त्रालयले नीतिगत रुपमा काम गरिरहेको पनि बताइन् ।
सम्बन्धित खबर
प्रधानन्यायाधीशमा तोडियो वरिष्ठताको परम्परा, बालेन सरकारले चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीश बनाउँदै
बालेनले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन अनेक जालझेल गर्दैछन्ः गगन थापा
संवैधानिक आयोगमा आफ्ना मान्छे नियुक्ति गर्न सरकारले अध्यादेश ल्याएको कांग्रेसको आरोप
सरकारले जस्ता तस्तै फर्काइदिएपछि राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’
‘१०० दिन पुग्नु अगावै भन्न बाध्य छौं, सरकारले आफ्नो नियत र बाटो सच्याओस्’
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’