कप्तान तथा विकेटकिपर मित भावसारको अविजित शतकीय इनिङ्समा एसीसी यू-१९ एसिया कपमा कुवेतले नेपाललाई एक विकेटले पराजित गरेको छ।
२ सय ४० रनको विजयी लक्ष्य पछ्याएको कुवेतले ४८.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो। कुवेतको जितमा कप्तान तथा विकेटकिपर मित भावसारले अविजित शतकीय इनिङ्स खेले। उनले १ सय ४९ बलमा २४ चौका र १ छक्कासहित १ सय ७५ रन बनाए।
जुड साल्दन्हाले २५ रन जोडे। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
नेपालका स्पिनर बशिर अहमदले १० ओभरमा १ मेडनसहित २९ रन खर्चेर २ विकेट लिए। स्पिनर शेर मल्लले १० ओभरमा ४८ रन खर्चेर २ विकेट लिए यता, गुलशन झाले १० ओभरमा १ मेडनसहित ७० रन खर्चेर ३ विकेट लिए। विवेक यादवले ७।३ ओभरमा १ मेडनसहित ३३ रन खर्चेर २ विकेट लिए।
त्यसअघि शारजाहमा टस हारेर ब्याटिङ थालेको नेपाल ४२।३ ओभरमा २ सय ३९ रनमा अल आउट भएको थियो। नेपालका स्पिन अलराउन्डर बशिर अहमदले सर्वाधिक ५६ बनाए। उनले ६१ बलमा ७ चौका र १ छक्का प्रहार गरे।
यता, मध्यक्रमका ब्याटर विवेक रानामगरले ७१ बलमा ६ चौकासहित ५० रन जोडे।
यस्तै, मोहमद आदील आलमले ४९ तथा शेर मल्लले २१ रन बनाए। दिपेश कँडेल १५, अर्जुन साउद १०, गुलशन झा ७, देव खनाल ५ , सन्तोष कार्की ५ तथा विवेक यादव शून्य रनमा आउट भए। प्रकाश जैसी ५ रनमा अविजित रहे।
कुवेतका मिर्जा अहमदले ५ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए। अब्दुल सदिकले ७।३ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए। हेनरी थोमस र मोहम्मद बास्तकीले २र२ विकेट लिए।
योसँगै समूह बी मा रहेको नेपाल यू-१९ एसिया कप २०२१ मा जितविहीन हुँदै बाहिरिएको छ। नेपाल पहिलो खेलमा बंगलादेशसँग १ सय ५४ रन र दोस्रो खेलमा श्रीलंकासँग ६० रनले पराजित भएको थियो।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’