सनातन धर्मालम्बीहरुको घरमा एक मन्दिर हुनु सामान्य हो । धार्मिक आस्थाका कारण मानिसहरू घरका मन्दिरमा विभिन्न देवी देवताको मूर्ति राख्ने गर्दछन् । तर घरको मन्दिरमा कति मूर्ति राख्नु पर्दछ रु यसबारे धेरैमा अनभिज्ञता हुन सक्छ ।
वास्तु शास्त्र अनुसार घरको मन्दिरमा मूर्तिका संख्यामा कुनै रोक छैन । तर कुनै पनि देवताको एक भन्दा बढी मूर्ति भने राख्नु नहुने मान्यता छ । यदि कुनै देवताको एक भन्दा बढी मूर्ति वा तस्बिर भए त्यसलाई घरकै अर्को भागमा सम्मानका साथ राख्नु पर्दछ । यस्तै मन्दिरमा भएका मूर्ति राखी शान्त स्वभाव र आशीर्वाद दिएको मुद्राको हुनु पर्ने मान्यता छ । रौद्र रूपधारी मूर्ति घरमा राख्नु हुँदैन ।
यस्तै घरमा कुनै खण्डित, टुटेफुटेको वा पुरानो मूर्ति भए त्यसलाई तलाउ वा नदीमा विसर्जन गर्नुपर्ने मान्यता छ । यसो गर्न असम्भव भए घर कै कुनै सफा स्थानमा सम्मानका साथ भूसमाधि गरी दिनु पर्दछ ।
वास्तु अनुसार घरको मन्दिरमा राखेको कुनै पनि मूर्ति ढाड फर्किएको मुद्राको हुनु हुँदैन । यस्तो मूर्ति राख्नु अशुभ मानिन्छ । यसले भगवान रुष्ट हुने विश्वास गरिन्छ । यसको सट्टा भगवान्को सिधा अनुहार देखिने मूर्ति राख्नु पर्दछ । साथै घरका मन्दिरमा भएका सबै मूर्तिको आकार एकै समान भएका राख्नु पर्दछ । मन्दिरमा असमान आकारका मूर्ति राख्नु अशुभ मानिन्छ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
पोखरा विमानस्थल अनियमिता प्रकरण : २१ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर, को को हुन् ?