एक महिला सामूहिक बलात्कारकाे शिकार भएकी छन् । काठमाण्डाै नयाँ बसपार्क स्थित गेस्ट हाउसमा ९ जना युवाहरूले एकजना महिलालाई सामूहिक बलात्कार गरेका हुन् । बलात्कारमा संलग्न ७ जनालाई पक्राउ गरिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदिप गिरीले घटनाकाे पुष्टि गरेका छन् ।
उनका अनुसार पुस १२ मा सुर्खेतबाट काठमाडौँ आएकी ३३ वर्षीया महिलालाई बसपार्कमा भेटेर मुगु घर भएका युवराज बडुवालले गेस्ट हाउसमा लगेर गएका थिए । त्यसपछि उनले मुगु छाँयानाथ रारा नगरपालिका घर भएका हिक्मत नेपालीलाई फोन गरेर गेस्ट हाउसमा बोलाए ।
त्यसरात दुईजनाले सामूहिक बलात्कार गरेको खुल्न आएको छ । भोलिपल्ट बिहान थप ७ जनाले अर्को गेस्ट हाउसमा लगेर सो अपराध गरेका हुन् ।
प्रहरी अनुसन्धानमा आरोपीहरूले ३ वटा गेस्ट हाउसमा लगेर बलात्कार गरेको खुलेको छ । बलात्कारमा संलग्न आरोपीहरू मुगु घर भएका युवराज बडुवाल, हिक्मत नेपाली रहेका छन् । त्यस्तै रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरी बुढा र गोपाल कुमार श्रीस अर्घाखाँचीका हुन् ।
उक्त घटनाका आरोपी मुगुका हस्त नेपाली र चन्द्र साउद फरार छन् । पीडित महिला काम खोज्न सुर्खेतबाट काठमाडौँ आएकी थिइन् । उनका पति लामो समयदेखि भारतमा गएर बेपत्ता भएको बताइन्छ ।
दुई सन्तानको लालनपालनका लागि काठमाडौँ आएकी उनलाई बलात्कारको शिकार बनाइएको हो । चिच्याउँदै उनी प्रहरीकहाँ पुगेपछि घटना बाहिर आएको थियो ।
सम्बन्धित खबर
मित्रराष्ट्रहरूसँग सरकारले माग्यो सहयोग
बाढी गएको चार दिनपछि टिमुरे-रसुवागढी क्षेत्रमा सरकारको उपस्थिति, चाउचाउ पुग्यो
अञ्जानमै कैद भएको दृश्य, त्यही पहिरोले ल्याएको थियो भोटेकोशीमा बाढी
बाढी प्रभावित क्षेत्रमा फोटो र भिडियो खिच्न नजानू : प्रहरी
मृत्य हुने पुष्टिको संख्या ६२६ पुग्यो, दुई हजार बढी बेपत्ता
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो