पोखरा । नेपाल जनस्वास्थ्य संघ (नेफा) को उपाध्यक्षमा बिमला भट्टले उम्मेदवारी दिएकी छन् । आगामी पुस २४ गते हुने निर्वाचनमा भट्टले उम्मेदवारी दिएकी हुन् ।
यसअघि नेपाल जनस्वास्थ्य संघको चुनावमा सबैभन्दा बढी ल्याएर उनी केन्द्रीय सदस्य बनेकी थिइन् । सन् १९९० मा संस्था स्थापना भएदेखि नेफाको इतिहासमा पहिलो पटक केन्द्रीय समितिको उपाध्यक्षमा महिलाको उम्मेदवारी परेको हो । उनी पोखरा विश्वविद्यालय स्कुल अफ हेल्थ साइन्सेजको निर्देशक हुन्।
बिगत २० वर्षदेखि जनस्वास्थ क्षेत्रमा क्रियाशील भट्टले त्रिवि आइओएम महाराजगञ्जबाट प्रमाणपत्र नर्सिङ र बि.पि.एच तथा बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एम.पि. एच. अध्ययन गरेकी छन् । भट्टले त्रिविबाटै समाजशास्त्र तथा जनस्वास्थ्यमासमेत स्नातकोत्तर अध्ययन गरेकी छन् ।
जनस्वास्थ क्षेत्रमा महिलाको आकर्षण बढाउन आफूले काम गर्ने उनले बताएकी छन् । आफू पीछडिएको क्षेत्रबाट भएको हुनाले जनस्वास्थ्य शिक्षा अध्ययन र अनुसन्धानको माध्यमबाट देशका हरेक जनसमुदायमा जनस्वास्थ्य अधिकारको लागि सशक्त पहल गर्न आफ्नो उम्मेदवारी रहेको उनले बताइन् । ‘विशेष गरि महिला, दलित, उत्पीडित र पीछडिएको समुदायको जनस्वास्थ्य अधिकारका लागि म काम गर्नेछु,’ उनले भनिन् ।
नेपाल जनस्वास्थ्य संघको निर्वाचनले १५ सदस्यीय कार्यसमिति निर्वाचित गर्नेछ । मतदान पुस २४ गते ७ वटै प्रदेशका राजधानी र काठमाडौंमा हुनेछ ।
सम्बन्धित खबर
वालिङको योग शिविरमा युवाको उत्साह, ‘रिफ्रेस’ महसुस गर्दै फर्किए सहभागी
स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चित
स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ
स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित
बिरुवामा निःशुल्क आँखा शिविरबाट पाँच सयभन्दा बढीले पाए सेवा
गाउँमै विशेषज्ञ सेवा, मुटुरोगीलाई राहत
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु