मिडिया एक्शन नेपालले लैङ्गिक संवेदनशील पत्रकारिता सम्बन्धी हाते पुस्तक सार्वजनिक गरेको छ । पुस्तकमा नेपाली सञ्चारमाध्यममा लैङ्गिक संवेदनशीलता अन्तरगत पत्रकार महिलाको बाइलाइन, समाचारको स्रोतमा महिला र अल्पसंख्यक यौनिक समुदाय, सम्पादकीय र विचारमा महिला सरोकारका विषयमा अध्ययन गरिएको छ ।
नेपालभरबाट २० वटा मिडियामा दुई महिनाको अवधिमा प्रकाशित भएका २१ हजार ९ सय १९ वटा सामग्री माथि गरिएको अध्ययनमा जम्मा ७६ वटा पत्रकार महिलाले लेखेका बाइलाईन प्रकाशित भएका थिए । ती प्रकाशित सामग्रीमा जम्मा ३ सय ८८ अर्थात् १.६७ प्रतिशतमात्र महिला र लैङ्गिक अल्पसख्यकको बारेमा रहेको छ । यसले नेपाली सचांरमाध्यममा महिला र लैङ्गिक अल्पसंख्यकका सामाग्रीहरुलाई कम महत्व दिने गरेको निष्कर्ष अध्ययनले देखाएको छ ।
पुस्तकलाई सार्वजनिक गर्दै मिडिया एक्शन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले सञ्चारमाध्यम र त्यहाँबाट प्रकाशन र प्रसारण हुने समाचारलाई लैङ्गिकमैत्री बनाउनु जरुरी भएकोमा जोड दिए । उनले महिला र लैङ्गिक अल्पसंख्यक समुदायका कथा वस्तुलाई सञ्चारमाध्यममा महत्वका साथ स्थान दिनुपर्ने आवश्यकतालाई औंल्याए ।
अनलाईनको माध्यमबाट भएको कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत र दिल्लीमा उच्च आयोग क्यानाडाका लागि राजनीतिक, आर्थिक र सार्वजनिक मामिलाकाप्रमुख म्याथ्यू लोकेनसंगै देशभरका १ सय ४० जना पत्रकारले सहभागिता जनाएका थिए ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर