निधारमा बिहुँत अनि सेतो धोति र कुर्थामा सजिएका स–साना बटुकहरु, सबैको एक स्वरमा स्वस्ति वाचन । पोखराका युवाहरु खाद्यान्न सामग्री लिएर स्याङ्गजाको आँधिखोला गाउँपालिका २, काफलटारीमा अवस्थित संस्कृत गुरुकुलमा पुग्दा बेग्लै रौनक थियो ।
शहरी क्षेत्रदेखि केहि टाढा भएर पनि होला, संघसंस्थाहरुको बिरलै मात्र नजर परेको उक्त संस्कृत गुरुकुलमा दाह्री ग्याङ पोखराले खाद्यान्न सामाग्री वितरणको जमर्को गर्दै गर्दा बटुकहरुमा छुट्टै उमंग छाएको देखिन्थ्यो । त्यस्तै, स्वस्तिवाचन सहित रुद्राक्षको मालाद्वारा स्वागत पाउँदा दाह्री ग्याङकै सदस्य समेत अन्यत्र भन्दा बिल्कुलै फरक अनुभव भएको बताउँदै थिए ।
शनिबार दाह्री ग्याङ पोखराका युवाहरु चामल, दाल, तेल, चिनी, चिउरा लगायतका विविध खाद्यान्न सामग्री लिएर सो संस्कृत गुरुकुलमा पुगेका हुन् । खाद्यान्न हस्तान्तरण कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक रामचन्द्र तिमिल्सिनाले स्याङ्जाको उत्तरी भेगमा रहेको उक्त आश्रममा पोखरादेखि आएर सहयोग गर्दा सबैलाई हार्दिक स्वागत सहित खुशी व्यक्त गरे ।
कार्यक्रममा दाह्री ग्याङ पोखराका संयोजक अभिमन्यु पाण्डेले आफूहरुसँग प्रशस्त पैसा भएर भन्दा पनि सबै साथीभाइहरुले खाजा खर्च कटाएर सहयोग गरेको बताए । “दाह्री ग्याङ भनेको एउटा युवा सोच र अभियान भएको कारण आफूहरुको सहयोग एउटा सांकेतिक सन्देश हो’– उनी भन्दै थिए । त्यस्तै, दाह्री ग्याङ पोखराकै संस्थापक संयोजक शेखर गौतमले आफ्नो धर्म संस्कृति र संस्कृत शिक्षा प्रवद्र्धन गर्न र बटुकहरुको प्रोत्साहनको लागि आफूहरुले केही सहयोग गरे पनि दिगो रुपमा संघ, प्रदेश र स्थानीय सरकारकै सहयोग अपरिहार्य रहेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुण्य प्रसाद उपाध्यायले आफ्नो धर्म संस्कृतिको प्रवद्र्धनको लागि उक्त संस्कृत गुरुकुल खोलेको र दिगो श्रोत नभए पनि सरकारको आंशिक सहयोग र यस्तै शुभेच्छुकहरुले गरेको सहयोगमा आश्रम चलेको बताए ।
अन्नदान भनेको प्राणदान हो, आज दारी ग्याङले खाद्यान्न सामाग्री सहयोग गरेर प्राण दान गरेको भन्दै हार्दिक धन्यवाद सहित भविष्यमा पनि यस्तै सहयोग, सल्लाह र अन्य व्यक्ति संघसंस्थासंग समेत पहलको अपेक्षा व्यक्त गरे । दाह्री ग्याङ पोखराकै सह–संयोजक बसन्त मिश्रले कार्यक्रम संचालन गरेका थिए । दारी ग्याङलाई संस्कृत गुरुकुलसम्म लैजानको लागि संयोजन ईन्जिनियर सूर्य तिमिल्सिनाले गरेका थिए ।
वि.सं. २०६२ सालदेखि संचालित उक्त संस्कृत गुरुकुलमा करिब २० जिल्लाका ५ दर्जन बढी बिद्यार्थी अध्ययनरत छन् । अधिकांश विद्यार्थी न्यून आय भएका परिवारका छन् । एउटै विद्यालयमा नेपाली, संस्कृत, अंग्रेजी र कम्प्युटर शिक्षा समेत पढाई हुने र खान, बस्न पढ्न सबै निशुल्क हुँदा पछिल्लो समय विद्यार्थीको आकर्षण समेत बढ्दो छ । कक्षा १० सम्म पढाई हुने उक्त संस्कृत गुरुकुल मुठीदानको भरमा चल्दै आएको छ ।

सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’