काठमाडौँ — राष्ट्रिय सभाका १९ पदका लागि बुधबार भएको निर्वाचनमा १८ पदमा पाँच दलीय गठबन्धनका उम्मेदवार विजयी भएका छन् । यो निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले गठबन्धन गरेर साझा उम्मेदवारी दिएका थिए ।
तर, प्रदेश १ मा गठबन्धनबाट जसपाका उम्मेदवार हेमराज राई पराजित भएका छन् । अपांगता वा अल्पसंख्यकतर्फको सो पदमा एमालेका सोनाम ग्याल्जेन शेर्पा निर्वाचित भएका हुन् । बाँकी १८ पदमा भने गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
निर्वाचन भएका १९ पदमा एमालेका ८, एकीकृत समाजवादी र माओवादी केन्द्रका ४–४ र कांग्रेसका ३ सदस्यको आगामी २० फागुनमा पदावधि सकिँदैछ । तर यो निर्वाचनबाट एमालेले ८ मध्ये एक पदमात्रै जोगाउन सकेको छ भने ७ पद गुमाएको छ । ७ पद कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले लिएका छन् ।
राष्ट्रिय सभामा अब कांग्रेसले ३, माओवादी केन्द्र र एकीकृत समाजवादीले १-१ र जसपाले १ सिट बढाएका छन् । तर अझै पनि राष्ट्रिय सभाको पहिलो ठूलो दल भने एमाले नै रहनेछ । हाल राष्ट्रिय सभामा एमालेका २४ सिट छन् । अब ७ गुमाएर पनि एमाले १७ सिटसहित पहिलो ठूलो दल बनेको छ ।
यससँगै माओवादी केन्द्रले १५ सिट पुर्याएको छ भने कांग्रेसले १० सिट पुर्याएको छ । त्यस्तै, एकीकृत समाजवादीले ८ र जसपाले ३ सिट पुर्याएका छन् ।
राष्ट्रिय जनमोर्चा भने पहिलो पटक राष्ट्रिय सभामा प्रवेश गरेको छ । २०५१ सालदेखि संसदीय राजनीतिमा प्रवेश गरेको जनमोर्चा पहिलो पटक राष्ट्रिय सभामा पुगेको हो । निर्वाचित नयाँ सदस्यहरूको कार्यकाल ६ वर्षको हुनेछ।
एमालेका ८, एकीकृत समाजवादी र माओवादी केन्द्रका ४-४ र कांग्रेसका ३ सदस्यको पदावदी आगामी फागुन २० गते सकिँदैछ।
आज कसले कहाँबाट जिते?

प्रदेश १
सोनाम ग्याल्जेन शेर्पा (नेकपा एमाले) अपांगता वा अल्पसंख्यक
गोपाल बस्नेत, नेपाली कांग्रेस (अन्य)
जयन्ती राई, एकीकृत समाजवादी (महिला)
मधेश प्रदेश
उर्मिला अर्याल, नेकपा माओवादी केन्द्र (महिला)
महम्मद खालिद सिद्धिकी, जनता समाजवादी पार्टी (अन्य)
बागमती प्रदेश
गोमादेवी तिमल्सिना, एकीकृत समाजवादी (महिला)
कृष्णप्रसाद पौडेल, नेपाली कांग्रेस (अन्य)
गण्डकी प्रदेश
कमला पन्त, नेपाली कांग्रेस (महिला)
सुरेश आलेमगर, माओवादी केन्द्र (अन्य)
भुवनबहादुर सुनार, माओवादी केन्द्र (दलित)
लुम्बिनी प्रदेश
युवराज शर्मा, नेपाली कांग्रेस -(अन्य)
राजेन्द्रलक्ष्मी गैरे, नेकपा एकीकृत समाजवादी (महिला)
तुलप्रसाद विश्वकर्मा, जनमोर्चा (दलित)
कर्णाली प्रदेश
उदय बोहोरा, एकीकृत समाजवादी (अन्य)
नरबहादुर विष्ट, माओवादी केन्द्र (अपांग/आदिवासी)
दुर्गाकुमारी गुरूङ, कांग्रेस (महिला)
सुदूरपश्चिम प्रदेश
नारायणदत्त मिश्र, नेपाली कांग्रेस (अन्य)
मदन कुमारी शाह (गरिमा), नेकपा एकीकृत समाजवादी (महिला)
जगत पार्की, नेकपा माओवादी केन्द्र (दलित)
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’