पाकिस्तानको पञ्जाब प्रान्तमा १४ वर्षीय बालकले अनलाइन गेम ‘पब्जी’ को प्रभावमा आफ्नी आमा‚ दाजु र दिदीबहिनीसहित सम्पूर्ण परिवारको हत्या गरेका छन् ।
गत हप्ता लाहोरको काहना क्षेत्रमा ४५ वर्षीया स्वास्थ्यकर्मी नाहिद मुबारक, उनका २२ वर्षीय छोरा तैमुर र १७ र ११ वर्षका छोरीको शव भेटिएको थियो ।
प्रहरीले विज्ञप्तिमा नाहिद मुबारकका १४ वर्षीय छोरा कुशल रहेको र उनले हत्या गरेको खुलासा गरेको छ। बयानका अनुसार ‘केटा पब्जी (प्लेयर अननोन्स ब्याटलग्राउन्ड) को लतमा थिए।
उनले खेलको प्रभावमा आफ्नी आमा‚ दाजु र दिदीबहिनीको हत्या गरेको स्वीकार गरिसकेका छन्। दिनमा लामो समयसम्म अनलाइन गेम खेल्दा उनलाई केही मनोवैज्ञानिक समस्या देखिएको छ।
नाहिद मुबारक सम्बन्धविच्छेद गरेकी महिला थिइन्। पढाइमा ध्यान नदिने र दिनभर ‘पब्जी’ खेलेको भन्दै उनले छोरालाई गाली गर्ने गरेकी थिइन्।
विज्ञप्तिमा भनिएको छ– घटना भएको दिन नाहिदले छोरालाई गाली गरेकी थिइन्। त्यसपछि बालकले दराजबाट आमाको पेस्तोल निकालेर आमा‚ दाजु र दिदीबहिनीलाई गोली हानी हत्या गरेका थिए।
प्रहरीले बालकको रगत लतपतिएको लुगा बरामद गरिएको बताए।
सम्बन्धित खबर
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
भारतीय संगीतकी सुप्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
बलिउडकी दिग्गज गायिका आशा भोसलेलाई हृदयघात, ९२ वर्षीया भोसलेको आईसीयूमा उपचार गरिँदै
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर