अमेरिकाले रुसलाई युद्धमा धकेल्न खोजेको रुसी राष्ट्रपति पुटिनको आरोप

अमेरिकाले रुसलाई युद्धमा धकेल्न खोजेको रुसी राष्ट्रपति पुटिनको आरोप

putin

तस्विर : एपी

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले आफ्नो देशलाई युद्धमा धकेल्न खोजेको आरोप लगाएका छन् । युक्रेनको विषयलाई लिएर अमेरिकाले युद्धमा तान्न खोजेको उनको आरोप छ ।

यद्यपि उनले वार्ता र सम्वादको सम्भावना कायमै रहेको बताउनुभएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अमेरिकाले युरोपमा नेटो गठबन्धन सेनाबारे आफूहरुले राख्दै आएको चासोलाई बेवास्ता गरिरहेको पुटिनको टिप्पणी छ । रुसले युक्रेनको सिमाना नजिकै ठूलो सङ्ख्यामा सेना तैनाथ गरेपछि तनाव बढेको छ ।

रुसले पूर्वी क्षेत्रमा नेटोको थप विस्तार रोक्नेसहित कानुनी रूपमा बाध्यकारी हुनेगरी सुरक्षा सुनिश्चितता गर्न गरेको माग र चिन्तालाई अमेरिकाले बेवास्ता गरेको पुटिनको भनाइ छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ