भारतीय प्रसिद्ध गायिका लता मंगेशकरको निधन

भारतीय प्रसिद्ध गायिका लता मंगेशकरको निधन

lata

काठमाण्डौ।  भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । आइतबार ९२ वर्षको उमेरमा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।

भारतीय संचार माध्यमका अनुसार उनलाई यसै वर्ष जनवरीको सुरुवातमा कोभिड–१९ संक्रमण भएपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्थामा सुधार नहुँदा उनी आईसीयूमा उपचाररत थिइन् ।

मंगेशकरको जन्म सन् १९२९ सेप्टेम्बरमा मध्य प्रदेशको इन्दोर सहरमा भएको थियो। उनले थुप्रै नेपाली गीतहरुमा आवाज दिएकी छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ