मोरङमा एक विद्यालयको शौचालयको खाडलमा डुबेर एक नाबालकको मृत्यु भएको छ ।
बिहीबार साँझ सुनवर्षी नगरपालिका ९ स्थित भेडुवाथानमा रहेको बीपी आधारभूत विद्यालयको शौचालयको खाडलमा डुबेर ३ वर्षीय बालक खेम दासको मृत्यु भएको प्रहरीले जनाएकोे छ ।
स्थानीय सन्तोषकुमार दासका छोरा आमा जमुनादेवी दासलाई पछ्याउँदै जाने क्रममा खाडलमा खसेका थिए । विद्यालय परिसरको शौचालयको खाडल माथिबाट नछोपिएकाले बालक खसेर डुबेको हो ।
बालकका अभिभावक विद्यालयभन्दा बाहिर चिया पसल गर्थे।
रिङ लगाएर बनाइएको शौचालयको खाडल भने ढकन नलगाइकन खुलै छाडिएको पाइएको छ। शौच गर्न आमा जमुनादेवी दास विद्यालयको शौचालयतिर गएको देखेपछि ३ बर्से नाबालक पनि पछिपछि गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। आमा शौचालयमा पसेका बेला बालक भने पाँच फिटभन्दा गहिरो हजमा खसेर प्रहरीले जनाएको छ ।
बालकले लगाएको एउटा चप्पल शौचालयको हजभित्र र अर्को बाहिर फेला परेको थियो। हजभित्र डुबेको आशंकामा खोजी गर्दा डुबेर घाइते भएको अवस्थामा बालकलाई फेला पारिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बालकको उपचारका क्रममा साँझ ७ बजेतिर रंगेली अस्पतालमा मृत्यु भएको हो ।
गत असारमा मात्रै ढकन बनाएर दुवै शौचालयको खाडल छोपिएको थियो। तर केही बदमासहरुले साउनमै महिला शौचालयको हजको ढकन भने फुटाएर फ्यालिदिएको विद्यालयका प्रधानाध्यापक सञ्जीव राजवंशीले बताए।
६ महिनासम्म शौचालयको हज व्यवस्थित नगर्नु विद्यालयको चरम लापरबाही भएको स्थानीयले आरोप लगाएका छन्।
सम्बन्धित खबर
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान, १० दिनको समयसीमा
रास्वपाले आफ्ना सांसदलाई आजदेखि संसदीय अभ्यास र नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिँदै
सर्वोच्चले भन्यो– ‘सुकुमवासीलाई जबर्जस्ती नहटाउनू’
सुधारको नाममा राज्यका संस्थाहरू क्रमश: व्यक्ति केन्द्रित बनाइँदैछ: ओली
हर्कको श्रम संस्कृति पार्टीमा सुदन, बने वरिष्ठ नेता
प्रधानन्यायाधीश सिफारिसमा आपत्ति जनाउँदै हर्कले भने- चुपचाप घण्टी छापको करामत !
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’