एक महिनादेखि बन्द देशभरका शैक्षिक संस्थामा आजदेखि भौतिक उपस्थितिमै पठनपाठन हुँदैछ ।
कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेसँगै गत पुस मध्यदेखि बन्द भएका शैक्षिक संस्थाहरु आजदेखि खुल्न थालेका हुन् ।
विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थी नियमित दैनिक रुपमा नै विद्यालय जानेछन् भने १२ वर्षभन्दा मुनिका बालबालिकालाई आलोपालो गरी पठनपाठन गराउनु पर्ने सरकारको निर्णय छ ।
गएको हप्ता कोभिड–१९स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी आजदेखि खुलाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृह मन्त्रालयलाई सिफारिस गरेको थियो । त्यही सिफारिसअनुसार विद्यालय खुल्न लागेका हुन् ।
यसैगरी, कोभिडकै कारण बन्द गरिएका रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय पनि स्वास्थ्य मापदण्ड पालना गर्दै आजदेखि सञ्चालन गर्ने अनुमति सरकारले दिएको छ ।
त्यसैगरी, खेलकुद कार्यक्रम सञ्चालन गर्दा एक पटकमा कूल दर्शक क्षमताको ५० प्रतिशत मात्र उपस्थित हुनसक्ने गरी स्वास्थ्य मापदण्ड र सम्बन्धित खेलको अन्तर्राष्ट्रिय नियम परिपालन गरी सञ्चालन गर्न भनिएको छ ।
सम्बन्धित खबर
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’
न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
प्रतिभाकी करिना हिसान कास्कीको तत्स्थान कविता लेखन प्रतियोगितामा सर्वोत्कृष्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’