प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि बुधबार नै अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश हुने विश्वास व्यक्त गरेका छन् । उनले आजै फोन गरेर सभामुख अग्नि सापकोटालाई कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन निर्देशन पनि दिएका छन् ।
आज बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सभापति एवं प्रधानमन्त्री देउवाले सभामुख सापकोटासँग यस विषयमा परामर्श भइसकेकोले भोलि नै संसदमा पेश हुनेमा आफू विश्वस्त रहेको बताएका थिए ।
कांग्रेस महामन्त्री गगन थापाले आजको बैठकले एमसिसी पेश गर्ने र पारित गर्नका लागि पक्षमा मतदान गर्ने पार्टीको निर्णय रहेको बताए । साथै, उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समेत एमसीसीमा साथ दिने र सत्तारुढ माओवादी केन्द्र समेत यसको पक्षमा उभिने विश्वास आजको बैठकमा व्यक्त भएको बताए ।
कांग्रेसको संसदीय दलको बैठकमा सांसदहरुले एमसिसी नेपालको हितमा रहेको भन्दै पारित गर्नुपर्नेमा जोड दिएका छन् ।
एमसीसी संसदमा पेस हुन्छ : कानूनमन्त्री
कानूनमन्त्री दिलेन्द्रप्रसाद बडुले भोलिको संसद बैठकमा एमसीसी टेबल हुने बताए । कांग्रेस संसदीय दलको बैठक चलिरहँदा बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले सम्भवतः भोलिको सदनमा एमसीसी पेस हुने बताएका हुन् ।
पूर्वअर्थमन्त्री रामशरण महतले एमसीसीबारे कांग्रेस सांसदलाई ब्रिफिङ गरेको मन्त्री बडुको भनाई छ । सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणामाथि महाअभियोग लगाएपछि उत्पन्न राजनीतिक परिस्थिति र पेचिलो बन्दै गएको छ ।
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु