काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा नेकपा (माओवादी केन्द्र)सँग गठबन्धन नहुने बताएका छन् । सोमबार भरतपुरमा पत्रकारहरुसँग बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले हुँदा खाँदाको सरकार ढाल्ने शक्तिसँग कुनै पनि हालतमा गठबन्धन नहुने उल्लेख गरे ।
उनले माओवादी नेताहरुले एमालेसँग गठबन्धनको कुरा चलेको भन्दै गरेको कुरा हल्ला तथ्यहीन भएको दाबीसमेत गरेका छन् । ‘जजसले अपराध गर्यो त्यो शक्तिसँग गठबन्धन गर्ने भन्ने कुरै हुँदैन । दुई पार्टीका नेताहरुका बीचमा भेटघाट हुन सक्छ । भेट हुँदा राजनीतिक विषयमा कुरा, समीक्षा हुन सक्छ । तर गठबन्धनका लागि छलफल चलेको भन्ने कुरा सत्य होइन,’ उनले भने ।
उनले स्थानीय तहको निर्वाचनमा एमालेले कुनै पनि दलसँग तालमेल नगर्नेसमेत बताएका छन् । उनले केही स्थानीय तहमा तालमेल भने हुनसक्ते बताए । यद्यपि गठबन्धन नै भने नहुने स्पष्ट पारे । निर्वाचन आयोगमा दर्ता भएका सबै दलहरु एक भएर आएपनि एमालेले भिड्न सक्षम रहेको वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाइ छ ।
‘प्रधानमन्त्री चुच्चे नक्सालाई बुच्चे नक्सा बनाएर फर्किनुभयाे’
वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको कुनै तुक नभएको दाबी गरेका छन् । उनले प्रधानमन्त्रीले चुच्चे नक्सालाई बुच्चे नक्सा बनाउन भारत भ्रमणमा गएको पनि आरोप लगाएका छन् ।
भारतस्थित नेपाली दूतावासमा पूरानो बुच्चे नक्सा राखिएको सञ्चार माध्यमहरुमा प्रकाशित भएका थिए । जबकी अघिल्लो केपी ओली नेतृत्वको सरकारले कालापानी, लिम्पियधुरा र लिपुलेकसहितको नक्सा संसदबाट पास भएको थियो ।
त्यस्त्तैगरी प्रधानमन्त्रीको भारत भ्रमणमा बनारसको भ्रमण र दर्शन गर्नुबाहेक अन्य उपलब्धि नभएको टिप्पणी वरिष्ठ उपाध्यक्ष पोखरेलको छ ।
‘प्रधानमन्त्रीले भारतमा चुच्चे नक्साको विषयमा कुरा पनि उठाइउनु भएन । प्रधानमन्त्रीको यो भ्रमणको उपलब्धी श्रीमती लिएर वनारस दर्शन गर्नुभन्दा बढी म देख्दिनँ। मुलुकको बलियो पोजिसनलाई पनि कमजोर बनाएर फर्कनुभयो,’ उनले भने ।
सम्बन्धित खबर
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
प्रधानमन्त्री र भौतिकमन्त्री बाढी प्रभावित क्षेत्र नुवाकोट पुगे
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन