अनलाईन बिङ्गो खेलिरहेको अवस्थामा १६ जना नगदसहित पक्राउ

अनलाईन बिङ्गो खेलिरहेको अवस्थामा १६ जना नगदसहित पक्राउ

bingo

काठमाण्डौ।  अनलाईन बिङ्गो खेलिरहेको अवस्थामा प्रहरीले नगदसहित १६ जनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका -६ बौद्ध प्लाटिङस्थित खाजा घरबाट अनलाईन बिङ्गो खेलिरहेको अवस्थामा प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका-७ शिवचोक बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भएका २५ वर्षीय पासाङ शेर्पा लगायत १६ जनालाई आइतबार साँझ पक्राउ गरेको हो ।

उक्त खाजा घरमा अनलाईन बिङ्गो खेल खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७४ हजार १ सय ५० रूपैयाँ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट १ हजार ५ सय पिस बिङ्गो टिकट र २ थान स्पिकर समेत बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ