इण्डोनेसियामा १३ छात्रालाई बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्ड

इण्डोनेसियामा १३ छात्रालाई बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्ड

काठमाडौँ । इण्डोनेसियाको एक मदरसामा अध्ययनरत १३ जना छात्रालाई बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्ड दिइने भएको छ ।

सन् २०१६ देखि २०२१ को अवधिमा हेरी विरावन नामका शिक्षकले १२ देखि १६ वर्ष उमेर समूहका १३ जना छात्रालाई बलात्कार गरेको र ती मध्ये आठ जना गर्भवती भएको ठहर गर्दै अदालतले मृत्युदण्डको फैसला गरेको हो ।

बलात्कारमा दोषी ठहर भएका व्यक्ति एउटा मुस्लिम विद्यालयका शिक्षक हुन् । इण्डोनेसियाको बाल संरक्षण मन्त्रीसहित केही अधिकारीले मृत्युदण्डको सजायको समर्थन गरेका छन् । एक जना शिक्षकले धेरै छात्राहरुको बलात्कार गरेको आरोप पुष्टि भएसँगै इण्डोनेसियाका धार्मिक विद्यालयहरुको सुरक्षामा कतिपयले प्रश्न उठाएका छन् ।

विश्वको ठूलो मुस्लिम बहुल देश इन्डोनेसियामा हजारौंको संख्यामा इस्लामिक बोर्डिङ स्कुल र धार्मिक स्कुलहरु छन् । यी स्कुलहरुमा गरिब परिवारका सन्ततीले समेत पढ्ने गर्दछन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ