काठमाडौँ — नेपाल आउन लागेका बलिउड अभिनेता सलमान खानका लागि आयोजकले सरकारसँग १५ सय सुरक्षाकर्मी माग गरेको छ । आयोजक ओडीसी इन्टरटेन्मेन्टले सलमान र कार्यक्रमको सुरक्षा प्रवन्धका लागि १५ सय सुरक्षाकर्मी सरकारसँग माग गरेको हो ।
सलमानको सुरक्षामा कुनै कमजोरी नहोस् र कार्यक्रममा कुनै अप्रिय घटना नघटोस् भनेर आफूहरुले १५ सय सुरक्षाकर्मी माग गरेको ओडीसीका प्रमुख सिमान्त गुरुङले जानकारी दिए । गुरुड सेक्युरिटीबाट ल्याइएका ६०० देखि ७०० सेक्युरिटी फिल्डमा उतारिने उनले बताए । ओडीसीबाट २०० स्वयंसेवक रहने सिमान्त बताउँछन् ।
सलमानको सुरक्षाका लागि ओडीसीले सातजना पर्सनल बडिगार्ड प्रदान गर्नेछ भने सरकारसँग पीएसओ मागिने गुरुङले जानकारी दिए । उनका अनुसार सरकारसँग ओडीसीले पीएसओ माग्ने तयारी गरिरहेको छ । सलमानका पर्सनल बडिगार्ड भने उतैबाट आउने सिमान्त बताउँछन् ।
सलमान जेठ १४ गते मा दशरथ रंगशालामा हुने ‘दबंग टुर रिलोडेड’ का लागि नेपाल आउने छन् । ओडीसी इन्टटेन्मेन्ट र हिता ग्रुपको संयुक्त आयोजनामा सलमानलगायत बलिउड कलाकारहरु नेपाल आउन लागेका हुन् । सलमान लगायत टिम नेपाल आउँदा सोल्टी होटलमा बस्ने व्यवस्था मिलाइएको छ ।
गुरुङका अनुसार सलमानलाई ३ करोड भारतीय पारिश्रमिकमा नेपाल ल्याउन लागिएको हो । ६ करोडमा बाँकी ३ करोड भने अन्य कलाकारहरूको पारिश्रमिक हो । सलमानलगायत बलिउड अन्य कलाकारहरुलाई पारिश्रमिक पनि पठाइसकिएको छ ।
सलमानको नेपाल बसाई तीन दिनको रहनेछ । २७ तारिखमा उनी नेपाल आउनेछन् । दशरथ रंगशालामा हुने कार्यक्रमका लागि ब्रोन्ज टिकट ५ हजार, सिल्भर टिकट १० हजार, गोल्ड टिकट १५ हजार र प्लेटिनम टिकट २५ हजार रूपैयाँ तोकिएको छ ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’