पोखराको मेयर नपाएपछि कास्की कांग्रेसको पार्टी कार्यालयमा ताला

पोखराको मेयर नपाएपछि कास्की कांग्रेसको पार्टी कार्यालयमा ताला

Kaski-Congress

पोखरा।  पोखरा महानगरको मेयर एकीकृत समाजवादीलाई दिइएको भन्दै कांग्रेसले कास्की पार्टी कार्यालयमा ताला लगाएको छ ।
पोखरामा मेयरका लागि काँग्रेस र एकीकृत समाजवादीबीच विवाद उत्पन्न भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले कास्की काँग्रेसका नेताहरुलाई काठमाण्डौ डाकेका थिए।

कास्कीका नेताहरुसँगको छलफलमा प्रधानमन्त्री देउवाले गठबन्धन अहिले आवश्यकता भन्दै उल्टो एकीकृत समाजवादीलाई पोखरामा जिताएर पठाउन भनेका थिए।

यता, कार्यकर्ताको भावनाविपरीत पोखराको मेयर अरू पार्टीलाई दिएको र भोटसमेत अन्य दललाई हाल्न नसकिने भन्दै कांग्रेसका कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाएका हुन् ।

तालाबन्दीपश्चात आज दिउँसो नै पोखराका वडा सभापतिहरूको भेला डाकिएको पोखराका सचिव गणेशबहादुर थापाले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds